विचिन्तन : पदमप्रसाद दाहाल (लघुकथा)

विचिन्तन : पदमप्रसाद दाहाल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,माघ २७।

साइड साइड साइड भन्दै घोडा डो¥याउनेले बटुवाहरूलाई कराउँदै मलाई अगाडि बढायो । गौरीकुण्डदेखि केदारनाथ सम्मको यात्रा कष्टकर त छँदैथियो त्यसमाथि एक तीर्थयात्रीको वचनवाणले मलाई अझै कष्ट थपिदियो ।
बाटामा पैदलयात्री, घोडामा हिंडनेहरू र डोलीमा यात्रु बोक्नेहरूको असाध्यै घुइँचो थियोे । मलाई एक बटुवाले खिसी गर्दै भन्यो, “ए दाइ ! तपाईं धर्म गर्न जाँदै हुनुहुन्छ कि पाप गर्न ?” मैले भनें, “किन ? के भयो त्यस्तो ?” त्यो बटुवाले मलाई होच्याएर बोल्यो, “हेर्नुस् दाइ ! तपाईं हेर्दा बुज्रुग देखिनुहुन्छ, एउटा जनावरलाई दुःख दिएर धर्म गरेको नाटक गर्नुहुन्छ । तपाईं अधर्मी हो बुझ्नुभो ?” मलाई पनि अलिकति रिसको पारो चड्यो र झोक्किँदै भनें, “हेर्नुहोस् भाइ ! मैले पनि पैसा तिरेर यो गरिखाने मान्छेको कल्याण गरेको छु । हामीले उनीहरुलाई काम दिएनौं भने उनीहरुको जीविका कसरी चल्छ ? तपाईं पो बलियो हुनुहुन्छ र ठमठमी हिंड्न सक्नुहुन्छ । कमजोर र रोगी मानिसले अर्काको बुई चडेर भए पनि भगवानको दर्शनका लागि जान्छन्, बुझ्नुभो ?”
त्यो बटुवालाई मेरो कुराले चित्त बुझेन र भन्यो, “दाइ ! रोगी, अशक्त र कमजोरहरुले त घरमै बसेर राम नाम जपेर आत्मालाई नै ईश्वर मानेर मोक्ष प्राप्त गर्छन् ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।