त्रि – ज्योति मा.वि.को ३ १औ वार्शिकोत्सव ,सम्मान र विद्यार्थी प्रतीभा प्रदर्शनी कार्यक्रम

त्रि – ज्योति मा.वि.को ३ १औ वार्शिकोत्सव ,सम्मान र विद्यार्थी प्रतीभा प्रदर्शनी कार्यक्रम

त्रि – ज्योति मा.वि. ले आफ्नै प्राङ्गणमा ३१औ वार्शिकोत्सव ,सम्मान ,सास्कृतिक कार्यक्रम र विद्यार्थी प्रतीभा प्रदर्शनी कार्यक्रम भब्य रूपमा सप्पन्न गर्यो । संचालक समितिका अध्यक्ष केशवप्रसाद दङालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी थिए ।

वडाका वडाध्यक्षहरु शम्भुप्रसाद भट्टराई ,नवराज भट्टराई  कार्यपालिका सदस्य शान्ता पुडासैनी लगायतका विभिन्न सामाजिक जीवनमा भूमिका खेलिरहेका व्यक्तित्त्वहरुको  उपस्थिति  बाक्लो थियो । सरस्वती पूजाको पावन अवसरमा अक्षरारम्भको  समेत कार्यक्रम राखिएको  उक्त समारोहमा अभिभावक ,पत्रकार ,समाजसेवी ,साहित्यकार ,सुरक्षाकर्मी ,कलाकार ,पर्यटन व्यवसायी र पर्वतारोहीहरुको समेत भब्य उपस्थिति रह्यो ।

त्रि – ज्योति मा .वि.का प्राचार्य गणेशकुमार मिश्रले अतिथिहरुलाई  स्वागत गरेर सुरु भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले गीत ,संगीत ,नृत्य ,योग ,मन्तव्य ,प्रहसन लगायतका मनोरञ्जनात्मक  कार्यक्रम प्रस्तुत गरिएको थियो । समाजमा विविध भूमिका निर्वाह गर्दै आएका महानुभावहरुलाई  उक्त बिशेष समारोहमा त्रि – ज्योति कला ,साहित्य सम्मान  बालसाहित्यकार गङ्गा कर्माचार्य पौडेल ,त्रि -ज्योति जनसेवा  सम्मान  पुन्यराज पुडासैनी ,त्रि – ज्योति प्रतिभाशाली पूर्व विद्यार्थी सम्मान डा मनोज्कुमार शाह ,त्रि – ज्योति जेष्ठ अभिभावक सम्मान हरिकला आचार्य र त्रि -ज्योति समर्पण सेवा सम्मान पासाङ तेम्बा शेर्पामा  समर्पण गरिएको थियो ।

साथै विद्यालयको शैक्षिक ,प्रशासनिक कार्यमा इमानदारपूर्वक योगदान पुर्याउने शिक्षक कर्मचारीहरुलाई  सम्मान पत्र र नगदसमेत प्रदान  गरिएको थियो । सभापतिको सभा समापन  मन्तव्यका सिलसिलामा केशवप्रसाद दङ्गालले स्नेह ,ज्ञान र नेतृत्वका माध्यमबाट बालबालिकाको सर्वपक्षीय हितमा त्रि – ज्योतिले काम गरिरहेको धारणा  राखे ।

खेलकुद ,मनोरञ्जन ,तालिम ,सिप सिकाइ र क्षमताको विकास गर्नमा आवश्यक जमिन चाहिएकोले सो को प्रबन्ध समेत गरेर  शैक्षिक गुणस्तर कायम गर्दै दक्ष नागरिक निर्माणमा इमानदारिताका साथमा त्रि – ज्योतिले काम गरेको कारण सबै अभिभावकहरुको सधैं साथ मिलेको विचार प्रस्तुत गरे ।भाग्यशाली अभिभावक छनौट गरेर उक्त कार्यक्रम समापन भएको  थियो ।

तपाइँको प्रतिक्रिया ।