ज्ञान प्रकाश एकेडेमी बुढानिलकण्ठ -११ मा खेलकुद सप्ताह शुरु

ज्ञान प्रकाश एकेडेमी बुढानिलकण्ठ -११ मा खेलकुद सप्ताह शुरु

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको ज्ञान प्रकाश एकेडेमीमा खेलकुद सप्ताह शुरु भएको छ।

विद्यालय संचालक समितीका अध्यक्ष खेम प्रसाद मिश्रको अध्यक्षता र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा भएको खेलकुद सप्ताह उदघाटनमा विद्यार्थीहरुले विभिन्न सांकृतिक र सांगीतिक प्रस्तुति दिएका थिए।

बुढानिलकण्ठ नगरपालिकाको कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती संयोजक शान्ता ढकाल, वडा नं ११ का सदस्य राजेन्द्र अधिकारी,वडा सदस्य समर गुरुङ.संस्थापक सन्तोष लुइँटेल, संचालक कविता मिश्र , संचालक मिना खड्का पण्डित ,संचालक दावा शेर्पा  नेकपा एमालेका नेता  सिताराम गुरुङ ,नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख ) का सचिव मनोज सिग्देल लगायतको उपस्थितिमा भएको सो समारोहमा तेक्वान्दो खेलाडीहरुको विभिन्न सिपको प्रदर्शन समेत गरेका थिए।

नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति राजाराम बुढाथोकी सहित विद्यालयका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको खेलकुद सप्ताहमा विभिन्न खेलहरुमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने विद्यालयका प्रधानाध्यापक मुरारी चालिसेले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।
Close