फेरिल्यान्ड बास्केटबल मंगलबारदेखि
कपन अनलाइन
काठमाण्डौ ,माघ २१।
फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न २० विद्यालयका २४ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी गराए । जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने फेरिल्यान्डका बास्केटबल प्रशिक्षक नारायण खवासले जानकारी दिए ।
सिनियरको तुलनामा जुनियरका प्रतियोगिता कम हुने भएकोले जुनियरलाई पनि अवसर दिने उद्देश्यले जुनियर प्रतियोगितामा विशेष जोड दिइएको प्रिन्सिपल अधिकारीले बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने फेरिल्यान्डका निर्देशक रामप्रसाद गौतमले बताए । प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ १०, बालुवाखानी, कपनस्थित आयोजककै कोर्टमा खेलाइने छ ।