मूल्यसूची : देबीप्रसाद थापा’मामा’ (लघुकथा)

मूल्यसूची : देबीप्रसाद थापा’मामा’ (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

उसले एउटा अति नै रहस्यमय कुरा सुन्यो ।
ऊ तत्कालै त्यस ठाउँतिर लाग्यो ।
एक जना बूढा प्रयोगशाला बाहिर बसेका थिए ।
उसले सोध्यो, “हजुर ! यहाँ मस्तिष्क बिक्रीमा छ ’रे नि । साँच्चै हो ।”
“हो” बूढाले छोटो उत्तर दिए ।
“उसो भए हेर्न मिल्छ,” उसले इच्छा प्रकट ग¥यो ।
दुवै जना प्रयोगशालाभित्र प्रवेश गरे । हजारौँ मस्तिष्कहरू मूल्यसूची सहित राखिएको थियो । उसले हरेक मान्छेका मस्तिष्कहरू हे¥यो । मूल्यसूची पढ्यो । मूल्यसूची देखेर उसको मस्तिष्क घुम्यो । अन्ततः उसले प्रश्न ग¥यो, “यी नेताहरूका मस्तिष्कमा त्यस्तो के गुण छ ? किन विद्वान्हरूका मस्तिष्क भन्दा बढी मूल्य ?”
बूढाले उत्तर दिए, “कुरा सुझनीमा भन्दा बुझनीमा धेरै छ ।”
“अर्थात्” उसले बुझ्न चाहायो ।
“यत्ति हो, बाचुन्जेल कसले कति मस्तिष्क खर्चेको थियो ?” बुढाले उत्तर दिए ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।
Close