छोरा, म तिम्रै आमा हुँ : रूपाञ्जली चालिसे

छोरा, म तिम्रै आमा हुँ : रूपाञ्जली चालिसे

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

छोरा बिन्तीछ मदेखि घीन नमान,
मलाई घृणा नगर छोरा,
मलाई एक्लै न छोड !
तिम्रो सेवा गर्न असमर्थ भएँ,
हो अब म बुढी भएँ,
नाबालक छँदा,
खाना निल्न नसक्दा चपाएर खुवाउ्थें
कत्ति मिठो मान्दै खान्थौ घिन नमानी,
मेरो सेतो कपाल र चाउरी परेको अनुहÞार देखेर,
मलाई बुढी सम्झेर अहिले
छोरा बिन्ती छ मदेखि घीन नमान,
मलाई एक्लै न छोड !
अझै पनि म तिमीलाई जन्मदिने तिम्रै आमा हुँ !

पहिले जस्तो छैन छोरा, कमजोर छु
हात खुट्टा काप्न थाले, बिरामीले गाल्न थाल्यो !
आजपनि तिमीलाई म उत्तिकै माया गर्छु
जती माया तिमीलाई
जन्मिएको पहिलो दिन काखमÞा राखदै गरेको थिएँ
किनकी म अझै पनि तिमीलाई जन्मदिने तिम्रै आमा हँु !

तिमीलाई हुर्काउँने र पढाउने क्रममा
आफ्नो जीवनको सम्पूर्ण सामथ्र्य खर्च गरिदिएँ,
आज म बुडी भएँ, अशक्त भएँ !
हो छोरा हिजो तिमी बच्चा भए जस्तो,
आज म पनि कम्जोर भएको छु, बच्चा भएँ
मेरो सेतो कपाल र चाउरी परेको अनुहÞार देखेर,
मलाई बुढी सम्झेर
छोरा बिन्ती छ म देखि घीन नमान,
मलाई घृणा नगर, मलाई एक्लै न छोड !

अब तिमी सामथ्र्यवान भयौ, तिम्रो आफ्नै परिवार भयो
मेरो पनि त परिवार तिमी नै हौ
हो म अज्ञानी छु , पुरानो शैली की छु
निर्धन छु
तिमीलाई नै शिक्षित बनाएँ,
तिमीलाई बढाई हुर्काई, तिमीलाईनै सम्पति सम्झिएँ
समय सँगै हाम्रो विचार अलग, फरक भयो
तर पनि छोरा अझै म तिमीलाई जन्मदिने तिम्रै आमा हुँ !

जब तिमी बिरामी हुन्छौ, म भित्र देखि आत्तिन्छु,
जब टाडा तिमी हुन्छौ,
तिम्रो सफलता र सुरक्षाको कामना गर्दछु
सधै तिमीलाई सुवाक्य बोल्न सिकाएँ,
कुवाक्य बोली पाप नबोक छोरा
चित्त न बुझेको कुरा बताउ,
आउ गुनासो गर, रिसाउ छोरा तर घृणा नगर
किनकी म अझै पनि तिमीलाई जन्मदिने तिम्रै आमा हुँ !

तिम्रो उन्नतिको बाटो सधै सुरक्षित रहोस,
उड्नको लागी पखेटाहरु पर्याप्त बलिया छन्,
विशाल धरती र अनन्त आकाश छन्
तिमी उड, दौड,
लक्ष्य प्राप्तिको बाटामा आउने सबै बाधाहरु
बाधी दिनेछ मेरा प्रार्थनाको शक्तिले,
हिजोजस्तै आजपनि तिम्रो प्रगतिको लागि
मेरो त्याग र तपश्या रही रहने छ,
मेरो न्यानो काख तिम्रो प्रतीक्षा गरिरहने छ
तिमीलाई सदैव माया गरिरहने छु,
तिम्रो हरेक सफलतामा रमाई रहने छु
मेरो सेतो कपाल र चाउरी परेको अनुहÞार देखेर,
मलाई बुढी सम्झेर
छोरा बिन्ती छ म देखि घीन नमान,
मलाई घृणा नगर ! मलाई एक्लै न छोड !
कम्जोर, बुढी भएपनि म तिम्रै जन्मदिने आमा हँु,
किनकी अझै पनि म तिम्रै आमा हुँ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।
Close