स्वस्थानी विशेष सुसेली : सुरेश चन्द्र घिमिरे (कविता )

स्वस्थानी विशेष सुसेली : सुरेश चन्द्र घिमिरे (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

१) स्वस्थानी माता
कथा सुनौँ सुनाऔँ
भएर ज्ञाता
२) पूर्वको जुनी
गर्नुहुन्थ्यो तपस्या
अगत्स्य मुनी
३) स्कन्द कुमार
सृष्टि भयो कसरी
भन संसार
४) चढे मयुर
सुमेरु परिक्रमा
गरे कुमार
५) भएन धामा
मुसो लिइ गणेश
 घुमे बा आमा
६) सोध्छन् अगत्स्य
भयो आज जिज्ञासा
बताउ सत्य
७) गरे भलाई
हात पारे सतीको
शंकरलाई
८) बाबा सतीको
जोडे बोका टाउको
दक्ष पतिको
९) दुबै छन् क्रुध्द
जालन्धर शिवको
भएछ युध्द
१०) सत्रुता मानि
जालन्धर मारेछन्
त्रिशूल हानि
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
Close