ब्रह्मापार्कको सेरोफेरो : महेन्द्र चालिसे (नियात्रा)

ब्रह्मापार्कको सेरोफेरो : महेन्द्र चालिसे (नियात्रा)

कपन अनलाइन

काठमाण्डौ ,माघ १८।

मोवाइलको घण्टी वज्छ, यसो हेर्छु, बद्री पौडेलको रहेछ । उनी २–३ दिन देखि देखिएका थिएनन् । सायद गाउँतिर गएका थिए कि । फोन उठाउँदै भन्छु, ए गुरु कता वेपत्ता हो त २–३ दिन देखि । काँ दाइ म त एक्कासी गाउँ जानुप¥यो । आज फर्कंदै थिएं, बनेपाको बाटो बन्द रहेछ। नयाँ बाटो आएको, त्यहाँ एउटा यस्तो घुम्न लायक ठाउँ रहेछ, त्यसैले तपाईंलाई फोन गरेको । पुष १० गते क्रिसमसको विदा छ त्यो दिन जाने कार्यक्रम मिलाउनुपर्छ ।
“ल बद्रिजी त्यो दिन त मेरो मिल्दैन किनकी, त्यही दिन मैले घरमा पद्मा, विप्लव, विकल्प र उस्को नयाँ दुलहीलाई खाना खान वोलाएको छु । पछि कुनै दिन जाउँला । अनि ठाउँ चाहिँ कहा प¥यो र कति टाढा पर्छ ।
पुरानो नेवार बस्ती भएको नाला त थाहा छ नि तपाईंलाई, त्यहाँ अहिले १०० रोपनी जग्गामा ब्रह्मापार्क बनाएको रहेछ । असाध्य रमाइलो छ रे ।
नालाको वारेमा सुनेको त हो, तर गएको चाहिं थिइन । पहिला पहिला आमाले भन्नुहुन्थ्यो– “माइत जान हिंडेर जानुपथ्र्यो र जाँदा नालाको बाटो हुँदै जान्थ्यौं भनेर । अनि नालामा प्रख्यात नाला भगवती र उग्रचण्डीको मन्दिर छ भन्ने चाहिं सुनेको थिएँ तर ब्रह्मा ? प्राय व्रह्माको मन्दिर र मूर्तिहरु कमै स्थापना गरेका हुन्छ तर यहाँ त ब्रह्माको नाऊँमा पार्क । ओहो हेर्न त जानै पर्ने हो । ठिकै छ, कुनै दिन पक्कै साइत पर्ला नि त ।
पुष ९ गते मध्यान्हतिर डाक्टर विप्लवको खवर आयो– “मामा, विकल्पको र बुहारिको भोलि मामाघर आउन मिलेन रे, त्यसैले म र पद्मा पनि अहिले आउँदैनौं, पछि मिलाएर सँगै आऊँलानी है” भनेर । अनुकुल नै नमिलेपछि भन्ने त कुरै भएन “हस ठिकै छ” भन्नु वाहेक ।
घुमन्ते दिमागमा विचार आइहाल्यो– हैन बा, यो क्रिसमसको विदामा के घर बस्नुत बद्रीजीले भनेको ‘ब्रह्मापार्क’ तिर घुम्न जानुप¥यो । बद्रीलाई फोन गरें र भनें– ल बद्रिजी मेरो भोलिको पाहुना नआउने भए, त्यसैले ब्रह्मापार्क जाउँ त ।
को को जाने त दाइ, बद्रिजी प्रश्न गर्छन् ।
रामेश्वर, उषा जाँदैनन् होला, हामि २ जना, नारायण २ जना, पुरुको २ जना, तपाईं र दिपक अनि विमलदाइको २ जना पुगिहाल्यो नी । पुरुलाई तपाईं खवर गर्नोस, अरुलाई म भनौंला हाम्रो झटपट योजना बनिहाल्यो । विमल दाइलाई खवर गरेको– “लौ फसाद प¥यो, विहान मात्र भोलिलाई पाहुना बोलाएको छ, छाडेर जानु भएन, घुम्ने मौका छुट्यो” भनेर थकथकाउनु भयो । ठिकै छ, आठजना जाने भयौं । तर वेलुकी पुरुले फोन गरेर सुधाले मानिन दाइ, पछि जाउँला नी हुन्न ? भन्यो ।
हैन, अव जाने भनेपछि जाने जाने, तिमीहरु नगए हामि ६ जना जान्छौं, अलि कोचाकोच हुन्छ, त्यसैगरी भएपनि जान्छौं । १० जना जाने भएको भए घरमै खाना बनाएर लग्ने योजना थियो, इन्दिरा र ताराको तर ६ जना मात्र भए वाहिरै खाने भनेर बद्रीजीले खवर गर्नुभयो र त्यसैलाई स्विकारोक्ती भयो । टाढाबाट (कौडोल देखि) आउनुपर्ने दिपक रेग्मी विहान ठीक समयमा आइपुगे र हामी ५ जना म, इन्दिरा नारायण, बद्री र तारा पनि तयार थियौं । दिपक आइपुग्नासाथ हामि खाँदखुँद गरेर गाडिमा ६ जना चढयौं ।
हाम्रो त्यस दिनको बाटो आँत्तरखेल, माकलबारी, दक्षिणढोका, क्रिकेट मैदान मुलपानी, बोडे, साँखु, चोङ्गा, गणेश मन्दिर, हाकु फाल्चा, कमल विनायक, भक्तपुर नालारोड, रिठ्ठाको बोट, चोकन टिला पुल, लोपा यान्डोल अर्थात् ठूलो ढुंगा, ताथली पुल हुँदै ब्रह्माको मूर्ति भएको पार्क पुग्ने थियो । त्यसअघि ताथली कट्ना साथ लोकेश्वर करुणा मन्दिर रहेछ । जस्को नाम मैले पहिलो चोटी सुनेको थिएँ । हाम्रो त्यस दिनको गन्तव्य थियो ब्रह्मापार्क तर ब्रह्मापार्क पुग्नु अघि लोकेश्वर करुणा मन्दिर पर्दोरहेछ र त्यस मन्दिरबाट करिब ११ मिनेटको ड्राइभपछि नाला उग्रचण्डी भगवतीको मन्दिर आउँदोरहेछ । हामिसँग त्यस दिन पर्याप्त समय भएकोले ब्रह्मापार्क जानु अघि लोकेश्वर करुणामय मन्दिर र नाला उग्रचण्डी मन्दिर पनि हेर्ने सल्लाह भयो ।
लोकेश्वर करुणामय मन्दिर जस्लाई हिन्दू धर्मावलम्बीहरुले सृष्टिकान्त लोकेश्वर अथवा सेतो मक्षिन्द्रनाथ भन्दा रहेछन् । तर बुद्ध धर्मावलम्बीहरुले करुणामय भन्दा रहेछन् । मन्दिर भित्र बुद्धको अनुहार भएको करिव दुई अढाइ फिट अग्लो मूर्ति सिंगारेर स्थापना गरिएको रहेछ । सँगै बुद्धिष्ट पुजारी थिए, उनको अनुमति लिएर मूर्तिको फोटो खिचियो । मूर्ति पुर्व दिशा फर्किएर पुरै ध्यान मुद्रामा रहेको छ । यस सृष्टिकान्त लोकेश्वरलाई नाला जिल्लामा स्थापना गरिएकोले मन्दिरको नाम अगाडि नाला जोडेर नाला सृिष्टकान्त लोकेश्वर, या नाला करुणामय मन्दिर भनिंदो रहेछ ।
पुरानो काठमाडौं उपत्यकामा रहेको चार करुणामय मध्येको १ यो हो भनेर पुजारी भन्दै थिए । नाला भनेर किन नाम जोडियो र नालामा यो मन्दिर कसरी स्थापना भयो त भनेर राखिएको जिज्ञासामा पुजारी भन्छन्– “यस्का विभिन्न किम्वदन्तीहरु छन्– ती मध्ये मलाई थाहा भएको चाहिं पहिला यो मूर्ति ललितपुरको बुङ्गमतिमा थियो रे । कलियुग लागेपछि यो मूर्ति चोरी हुन्छ भनेर पहिला नै भविष्यवाणी गरिएको थियो रे । नभन्दै भोटबाट आएका मूर्तिचोहरुले बुङ्गमतिबाट मुर्ति चोरेर नालाको बाटो हुँदै तिब्बतको भोटतर्फ लग्न लागि रहेको बेला नाला स्थित पुण्यवती नदीमा बाढी आएपछि जति कोशिश गर्दा पनि मूर्तिलाई नदी तार्न नसकेपछि चोरहरुले मूर्ति नदीमै छोडेर भागे । मूर्ति वेवारिसी तालले अलपत्र परेपछि सृष्टिकर्ता लोकेश्वर या करुणामयले नालाका पुजारी, बुङ्मतिको गुभाजु र वनेपाको राजालाई एकै रात एकै समय आफुलाई बुङ्गमतिबाट चोरी गरेर नालाको पुण्यवतिमा वेवारिसे अवस्थामा छाडेको सपना देखाइन् । यसरी सपना देखेपछि बुङ्गमतिबाट गुभाजु नालामा आएर त्यहाँका पुजारीलाई आफुले देखेको सपना वताएछन् र पुजारीले पनि सोही सपना देखेको कुरा वताएपछि उनीहरु दुवैजना वनेपाका राजा समक्ष पुगेर आफुहरुले देखेको सपना वयान गरेछन् र राजाले पनि सोही सपना देखेको कुरा गरेपछि यो संयोग मात्र हैन भनेर सपनामा देखाइएको स्थानमा गएर खोजी गर्दा मूर्ति भेटिएछ र त्यो मूर्तिलाई पुण्यवती नदी .छेउमा रहेको नारायण मन्दिरमा प्रतिस्थापन गरिएछ । यो थियो पुजारीले सुनाएको किम्वदन्ती ।
त्यही समय देखी नाला करुणामयको प्रत्येकवर्ष नेपाल संवत् अनुसार चैत्र कृष्ण प्रतिपदा (अर्थात् चिल्लागा पारु) फागु पूर्णिमाको भोलिपल्ट महास्नान गराएर मुर्तिमा रहेको प्राणलाई ब्रह्मकलशमा सारेर भोलिपल्ट मूर्तिलाई रंगरोगन गरिन्छ र त्यही राति दशकर्म पुजा गरेर तृतियाको दिन खट्मा राखेर नगर घुमाइ जात्रा गरिन्छ । पुजारीबाट यति जानकारी लिएर हामि त्यही मन्दिर पछाडी रहेको चिया पसलमा चिया पिएर हाम्रो अर्को गन्तव्य नाला उग्रचण्डि मन्दिरतर्पm लाग्यौं ।
आरुबारीबाट गुगल म्याप अनुसार करिब २७ कि.मि. पूर्वमा रहेको नालास्थित उग्रचण्डी नेपालमा रहेका ४ वटा भगवतीको शक्तिपीठहरु मध्ये एक हुन् । वाँकी ३ चाहिं काठमाडौंको विष्णुमतिस्थित शोभा भगवती, काठमाडौंकै नक्सालको नक्साल भगवती, काभ्रेको पलाञ्चोकमा रहेको पलाञ्चोक भगववती हुन् । यी चार भगवती दिदी बहिनी हुने भन्ने जनश्रुती रहेको छ । मल्ल राजा जय जगत् प्रकाशको शासनकालमा उग्रचण्डी भगवती मन्दिरको पहिलो तल्ला नेपाल संवत् ७६१ मा पहिलो तला, ७६३ मा दोश्रो तला र ७६७ मा तेश्रो र चौथो तला निर्माण भन्ने उल्लेख गरिएको छ । चलेको किम्वदन्ती अनुसार मुर्तिहरुको पुजा गर्ने, शहर परिक्रमा गराउने जस्ता चलन नालाको आदिवासी ‘किसी’ नेवारहरुले सुरु गरेका हुन् रे ।
नाला शहरलाई काभ्रे जिल्लाको ७ प्राचिन नेवार वस्तीहरु मध्ये प्रमुख वस्ती भएको कुरा त्यहाँ रहेका विभिन्न ऐतिहासिक तथ्यहरुले देखाउँछ । नाला शहर समुद्रीसतहबाट १४१० मिटर उचाइमा (एप्पल वाच अनुसार) पर्दो रहेछ । यस शहरको दाया ंबायां नाम्य माता र पुण्य माता खोलाहरु छन् । चारैतिर रमणिय हरिया पहाडले घेरिएको नाला शहरमा हामि केटाकेटी हुँदा ‘दुध दही र खुवा खुब पाइन्छ भन्ने सुनेको थियौं तर अहिले त कतै देखिंदो रहेनछ ।
हामि मन्दिर पुग्दा त्यहाँ पुजारी पुजामा व्यस्त थिए ।जानासाथ मैले पहिल्यै उग्रचण्डी भगवतीको एकदमै नजिकबाट फोटो खिचें, पछि थाहापाएँ, त्यहाँ मन्दिर भित्र मुर्तिको फोटो खिच्न पाइंदो रहेनछ । त्यहाँका कर्माचार्य थरका पुजारीलाई मन्दिरको र मूर्तिको बारेमा सोद्धा उनले भने अनुसार उग्रचण्डी भगवती साक्षात् रुपमा उत्पति हुँदै ठूलो ढुंगामाथि बसेकी थिइन् तर हेर्दा हेर्दै त्यही अलप भइन् रे, त्यसैले पछि त्यहीं ढुंगामा भगवतीको प्रस्तर मुर्ति कुँदेर त्यसैमा प्राणप्रतिष्ठा गरिएको भन्ने जनश्रुती पाइन्छ रे । त्यसैगरी नालाशहर पहिल्यै देखी तन्त्र विद्याका लागि प्रख्यात थियो । पुजारीले तन्त्र विद्यावारे पनि धेरै कुरा वताएका थिए । तर मैले त्यसलाई त्यति ध्यान दिइन । साथीहरु मन्दिर घुमघाम सकें, म पनि पुजारीसँग कुरा गर्न छाडेर हामी हाम्रो त्यस दिनको मुख्य लक्ष्य तर्फ अघि बढ्यौं । हाम्रो त्यसदिनको मुख्य लक्ष्य थियो । त्यहाँबाट करिब साँढे तीन ४ किलोमिटर उत्तर पुर्वमा नव निर्मित ब्रह्मपार्क ।
काभ्रो जिल्ला एक त पहिल्यै पर्यटकीय गन्तव्यको लागि राजधानीबाट नजिकको रोजिएको ठाउँ, त्यस्मा पनि भर्खरै निर्मित ३० फिट अग्लो ब्रह्माको चार शिर भएको प्रतिमा सहितका ब्रह्माका दश अवतारका प्रतिमा, सहित करिब १ सय रोपनी जग्गामा पार्क अर्थात् उद्यान्न वनेको छ । अग्लो ठाउँ जस्लाई भुईंचालो डाँडा भनेर पनि चिनिदो रहेछ त्यहाँ उज्यालो देखिने ब्रह्माको मूर्ति सहितको पार्क खुवै रमाइलो अनि मनमोहक देखिन्छ । हामि त्यहाँ पुग्दा २–३ समुह पिकनिक मनाउन आएका थिए । अलिपर उनीहरु खाना पकाउँदै थिए । नाला क्षेत्रमा ऐतिहासिक तथा धार्मिक धरोहर करुणामय मन्दिर, नाला उग्रचण्डी भगवती आदि सँग सँगै यस ब्रह्मा पार्कको प्रचार–प्रसार प्रचुर मात्रामा गर्न सक्यो भने धार्मिक पर्यटन मात्र नभएर आन्तरिक पर्यटन लगायत भारतीय पर्यटकहरुलाई तान्न सकिने पुरा संभावना देखिन्छ । किनकि ब्रह्माको दश अवतार सहितको मन्दिर विश्वमै नेपालको मन्दिर तेश्रो हो । यस अघि यस प्रकारको मन्दिर भारतको राजस्थान र थाइल्याण्डको बैंककमा मात्र स्थापित छ ।
हाम्रो योजना त्यहाँबाट वनेपा वजार निस्किनु थियो । वनेपा निस्कनु अघि नारायण जोशीले भन्नु भयो “हामि यहाँबाट वनेपाको सट्टा चण्डेश्वरी जाऔं न । यहाँबाट चण्डेश्वरी लगभग ५ किलो मिटर जतिपर्छ । यहाँबाट घोगेचौर स्थित शीर मेमोरियल अस्पताल निक्लन सोझो पर्छ ।” वास्तवमै नारायणजीको लक्ष्य चण्डेश्वरी मन्दिर नभएर मन्दिर वाहिर पाइने स्थानीय उत्पादनको तरकारी किन्नु थियो । त्यो टोलीमा सवैलाई थाहा थियो उन्को तरकारी किन्ने शोख । नारायणजीको प्रस्ताव कसैले नकारेनन् र हामि ब्रह्मपार्कबाट चण्डेश्वरी तर्फ लाग्यौं ।
चण्डेश्वरी पुगेर कोही मन्दिर तर्पm लागे, कोही तरकारी किन्न तर्फ लागे । त्यहाँ करिब ४०–४५ मिनेट विताएर हामि वनेपातर्फ लाग्यौं । चण्डेश्वरी मन्दिरबाट करिब डेढ किलोमिटर दक्षिण गएपछि हामि वनेपाचोकमा पुग्यौं । त्यहाँको सवैभन्दा पुरानो होटेल लामाचाको होटल नाउले चिनिन्छ त्यहाँ गएर हामिले विहानको खाना खायौं र पुनः वनेपा, नाला–भक्तपुर, वोडे, मुलपानी, नारायणटार, माकलबारी, अत्तरखेल हुँदै दिउँसोको १ वजेतिर घर आइपुग्यौं र अपर्भmट वनेको यात्रा कार्यक्रम पुरा ग¥यौ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।
Close