स्वास्थ्य शिक्षालाई पाठ्यक्रममा अनिवार्य रुपमा समावेस गर्ने तयारीमा छौ : मन्त्री प्रदिप पौडेल

स्वास्थ्य शिक्षालाई पाठ्यक्रममा अनिवार्य रुपमा समावेस गर्ने तयारीमा छौ : मन्त्री प्रदिप पौडेल

कपन अनलाइन

काठमाण्डौ ,माघ १७।

नेपाल सरकारका स्वास्थ्य तथा जनशंख्या मन्त्री प्रदिप पौडेलले विद्यालयको पाठ्यक्रममा स्वास्थ्य शिक्षालाई समवेस गर्नका लागि तयारी शुरु गरिएको बताएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको ज्ञान चक्षु इंगलिस स्कुलको १९ औ वार्षिकोत्सव तथा अभिभावक दिवसमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री पौडेलले स्वस्थ नागरिक आफ्नो पहिलो प्राथमिकता रहेकोले विद्यालय तहमा नै स्वास्थ्य शिक्षा अध्यापन गर्ने वातावरण बनाउनका लागि आफु सक्रिय रहेको बताएका थिए।

अहिले यस वारेमा शिक्षा मन्त्रालय संग सघन छलफलमा रहेको बताउदै मन्त्री पौडेलले विद्यार्थी जीवन देखि नै विद्यार्थीहरुलाई स्वास्थ्य र यसका विविध आयामहरुको बारेमा जानकारी गराउनु पर्ने अहिलेको आवस्यकता रहेको धारणा राखेका थिए।

विद्यालयका संस्थापक अध्यक्ष रमेस श्रेष्ठको अध्यक्षतामा रास्ट्रीय नाचघरमा भएको कार्यक्रममा बोल्दै उनले अहिले कतिपय मानव जीवनलाई खास महत्व नराख्ने विषयबस्तु अध्यापन भैरहेको तर स्वास्थ्य शिक्षा जस्तो महत्वपूर्ण विषय भने प्राथमिकतामा नपरेको भन्दै चाडै नै जीवन जिउन सहयोग गर्ने स्वास्थ्य शिक्षा अध्यापन गर्ने वातावरण बनाउने प्रतिवदत्ता व्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।