नेसनल युनाइटेडमा च्याम्पियनसिप कार्निभल सुरु
कपन अनलाइन
काठमाण्डौ ,माघ १७।
बुढानीलकण्ठ नगरपालिका वडा नं ८, गणेशचोकस्थित नेसनल युनाइटेड स्कुलमा य ‘संगै उत्कृष्टता हासिल गरौँ’ भन्ने मृ्ल नाराका साथ प्रतियोगितात्मक कार्यक्रम (NUS CHAMPIONSHIP CARNIVAL 2081) सुरु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् उद्घाटनसमारोहका प्रमुखअतिथि सह-प्राध्यापक रेवती प्रसाद दाहालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
सदा झैं यस वर्ष पनि सहिद दिवसकोअवसर पारेर सुरु गरिएको कार्यक्रम माघ १६ गतेदखि १९ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ।
कार्यक्रममा खेलकुदतर्फ फुटसल,बास्केटबल,व्याडमिन्टन,टेवल टेनिस, छेलो, बुद्धिचाल,टगअफवार, क्यारमबोर्ड, रोड रेस लगायत विभिन्न विधा तथा साहित्यलेखन एवम् सिर्जनात्मकतर्फ निबन्ध लेखन, कविता वचन, हिज्जे लगायत विभिन्न विधामा नर्सरीदेखि कक्षा नौसम्मका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
उद्घाटनसँगै सुरु भएको खेलकुदतर्फ बास्केटबलको जुनियरब्वाइज तर्फ ग्रीनहाउसले यल्लो हाउस माथि १४-१०को जितसहित प्रथम स्थानमा कब्जा जमाउँदा जुनियर गर्ल्सतर्फको फुटसल प्रतियोगितामा ब्लुहाउसलाई २-० ले पराजित गरि ग्रीनहाउसनै विजेताबन्न सफल भयो ।त्यसैगरी पहिलो दिन व्याडमिन्टन,बास्केटबल,क्यारम बोर्ड,बुद्धिचाल,टेवल टेनिस, छेलो लगायत २४ स्पर्धाका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् । पहिलो दिनको समाप्तिसंगै विजेताहरुलाई प्रदान गरिएको अंकको आधारमा ६००अंकका साथ ग्रीनहाउसले अग्रता बनाउँदा यल्लो हाउस र रेडहाउसले समान ५६० अंक र ब्लुहाउसले ३५०अंकका साथ पच्छ्याइरहेका छन्। साहित्य लेखन एवम् सिर्जनात्मकतर्फका नतिजाहरू भने आउन बाँकी छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवती प्रसाद दाहालले खेलकुदले शारीरिक र मानसिकरुपमा स्फुर्त राखी उत्कृष्ट शैक्षिक उपलब्धि हासिलगर्न सहयोग गर्नेकुरामा जोड दिएका थिए ।
त्यसै गरी विद्यालयका संस्थापक निर्देशक जेबी हमालले खेलकुदको विकासका लागी दिर्घकालीन सोचकासाथ विद्यालयमा खेलकुदका भौतिक पुर्वाधारहरु अझै थप गर्दै जानेक्रममायसै शैक्षिक सत्रको सुरुवातसंगै स्वास्थ्यको दृष्टिकोणबाट अत्यन्त स्वस्थकर रबरलेस आर्टिफिसियल ग्रासको प्रयोग गरि फुटसल ग्राउण्डनिर्माणगरेको जानकारी दिंदैकार्यक्रम समापन पश्चात् विजेताहरुलाई पुरस्कृत गरिने बताए।