पारामाउन्ट र किङडम सेमिफाइनलमा
कपन अनलाइन
काठमाण्डौ ,माघ १७।
पारामाउन्ट एकेडेमी र किङडम हिमालय प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलद्वारा आयोजित प्रतियोगितामा पारामाउन्टले एन्जल्स हार्टलाई ३२–२८ ले पराजित ग¥यो । पारामाउन्टको जितमा सविन तामाङले १४ अंक योगदान गरे । छिमी रेन्जेनको ११ अंक सहयोगमा किङडमले संस्कृतिलाई १७–१० ले हरायो ।
जुनियर ब्वाइजमै गोल्डेनपिकले ग्रिनलन्सलाई १७–१० तथा भ्याली पब्लिकले न्युटनलाई ३८–३० ले पाखा लगाउदै सेमिफाइनलमा पुगे । गोल्डेनपिकका अमन गुरुङले ११ तथा भ्याली पब्लिकका विशाल परियारले १४ स्कोर गरे ।
जुनियर गल्र्समा फेरिल्यान्डले निस्टलाई २१–१६, भ्याली पब्लिकले केभीकेएसएसलाई १८–१३, काष्ठमण्डपले बौद्ध चिल्ड्रेन हेभेनलाई १६–१३ र इडेन ब्रिज एकेडेमी (इबीए) ले सत्यसाईलाई १६–१४ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए । फेरिल्यान्डकी सन्दिपाले ७, भ्याली पब्लिककी सपना गिरीले १३, काष्ठमण्डपकी जस्मिन गुरुङले ६ र इबीएकी अनामिका पटेलले १३ अंक जोडे ।