जन्मभूमि : फुङोमा शेर्पा (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १४।
आहा ! क्या सुन्दर छ मेरो जन्मभूमि,
लाखौं लाख पर्यटकहरू दर्शन गर्छन् घुमीघुमी ।
घुमन्तेहरु घुम्दै जान्छन् त्यहीँ बाटो भई
सफलताको ज्योति छर्छन् टाकुरामा गई ।
चार वर्ण छ्तीस जातको हाम्रो एउटै छाता
विश्वसामु नझुक्ने छ अटल सगरमाथा ।
हिमालहरु मुस्कुराउछन् देखाई दन्तलहर
शान्त भई बगिरहन्छन् ती हिमनदी नहर ।
सललल अरुण वरुण मकालुको शिर
नहेरौ त हेरौ लाग्छ बिर्साईदिन्छ पिर ।
ढकमक्क लालीगुँरास चाँप चमेली
मग्मगाउदो सुवास छर्छन् खेल्दै बयेली ।
कुहु कुहु कोकिलहरु मधुर गाना गाउछन्
भाका फेर्दै चरीबिचरी माया पिरती लाउछन् ।
धुपी सल्ला दुबोसँगै चौरीगाई चर्छन्
लहरा पहरा सुस्केराले न्यानो स्वागत गर्छन् ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।