गजल : कृष्णप्रसाद पोखरेल

गजल : कृष्णप्रसाद पोखरेल

कपन अनलाइन

काठमाण्डौ ,माघ १४।

नेता बारम्बार स्वरोजगारको भाषण गरी बसेका छन् ।
युवा भने बेरोजगार भई रुदै मुग्लान तिर पसेका छन् ।।

बेलाबेला सहयोग गरि मित्रभाव देखाउने छिमेकीले,
मौका पाउँदा सीमा मिची नेपाललाई नै डसेका छन् ।

आपत पर्दा कहाँ छन् भनी खोज्नुपर्ने केही नेताहरू,
आफ्नो स्वार्थ पूरा गर्न सडक मै पलेटि कसेका छन् ।

यहाँ कतिपय अभिभावक खाली दामकै पछि भौतारिदा,
सन्तान भने माया नपाई खराब लतमा फसेका छन् ।

खाली आफ्नै मात्र दुनो सोझ्याउन मरिमेटि गर्नेहरु,
अर्काको भाग खोस्न खोज्दा आफै खरानी धसेका छन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।