गजल : वन्दना पौडेल
कपन अनलाइन
काठमाण्डौ ,माघ १४।
खुल्ला रहेछ मनको दैलो आउ भन्छन् साथी
दुई आत्माको चोखो प्रित लाउ भन्छन् साथी ।
भविष्यको निस्फ्रिक्रियहाँ वर्तमानमै रमाएर
घुम्न पनि प्रत्येक दिन जाउ भन्छन् साथी ।
रेष्टुरेष्ट र पार्टीतिर मोजमस्तिमा रमाएर
सँगै बसी रक्सि वियर खाउ भन्छन् साथी ।
तिमी बिना म बाँचेको के नै अर्थ छ र भनी
बचाउने भए हृदयमा छाउ भन्छन् साथी ।
दुख भने नगरौ रे रमाएरै बाँचिनेछ
हामी सँगै रोधी नाच्न धाउ भन्छन् साथी ।
दुःख गर्ने जमाना नै होइन गरे अहिले
सँगै कार चडी घुम्न जाउ भन्छन् साथी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।