बुढानिलकण्ठ-८ साप्रेढुङ्गा पुल नजिक चितुवा, नगर प्रमुख र प्रहरीको सक्रियतामा उद्दार
कपन अनलाइन
काठमाण्डौ ,माघ १०।
बुढानिलकण्ठ नगरपालिका वडा नं.-०८ साप्रेढुङ्गा पुल नजिकबाट प्रजातिको चितुवाको उद्दार गरिएको छ।
Common Leopard (Panthera pardus)प्रजातिको चितुवा जंगलबाट बाटो बिराएर स्थानियको केरा बारीमा प्रवेश गरेको जानकारी स्थानीय बाट प्राप्त भएपछि प्रहरी प्रभाग बुढानिलकण्ठका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेश खत्रीको नेतृत्वमा गएको १० जनाको प्रहरी टोलिले सो चितुवाको उद्दार गरेको हो।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मेयर मिठाराम अधिकारी र वडा बासीहरूको सहकार्यमा उक्त चितुवाको उद्वार गर्नका लागि जिल्ला वन डिभिजन कार्यालयका अधिकृत शंकर थापासँग समन्वय गरी Tranquilizer Gun को प्रयोगद्वारा चितुवालाई नियन्त्रणमा लिएपछि विशेषज्ञहरूको सहयोगमा थप उपचार र पुनःस्थापना प्रक्रियाका लागि सदर चिडियाखाना, जावलाखेल पठाइएकोथियो ।
तपाइँको प्रतिक्रिया ।
