शरणार्थी समस्याबारे राष्ट्रसंघको बैठक

शरणार्थी समस्याबारे राष्ट्रसंघको बैठक

संयुक्त राष्ट्रसंघ, २३ भदौ । विभिन्न युरोपेली देशमा पछिल्लो समयमा बढ्दो रुपमा शरण मागिरहेका शरणार्थीहरुका विषयमा संयुक्त राष्ट्रसंघले बैठक गर्ने भएको छ ।
शरण माग्न पुगेका युरोपेली देशहरुका सरकार प्रमुखसँग राष्ट्रसंघीय महासचिव बान कि मुनले सो बैठक गर्न लाग्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
उहाँका प्रवक्ताले मङ्गलबार दिनुभएको जानकारीअनुसार महासचिव बानले युरोपेली राष्ट्रका सरकार प्रमुखहरुको सहभागितामा न्युयोर्कमा सो बैठकको आयोजना गर्न लाग्नुभएको हो ।
महासचिव बानका प्रवक्ताले महासचिव बानले यही सेप्टेम्बर ३० तारिखमा न्युयोर्कमा सो बैठकको आयोजना गर्नुभएको जानकारी दिनुभएको छ ।
महासचिव बानका प्रवक्ता स्टेफेन डुजारिकले आगामी सेप्टेम्बर ३० मा आयोजना हुने सो बैठकमा युरोपेली देशका सरकार प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।
विश्वका कयौँ देशका नागरिक हिंसाका कारण घरबाट निस्किएका छन् । उनीहरुले युरोपली देशहरुमा शरण मागिरहेका छन् ।
कतिपय देशले आफ्नो देशमा आएकालाई शरण दिएका छन् भने कतिपयले देशले भने आफ्नो देशको कानुन देखाएकार शरण दिन मानेका छैनन् ।
त्यसैले गर्दा पनि युरोपेली राष्ट्रहरुले आप्रवासीहरुका सम्बन्धमा साझा रणनीति अख्तियार गर्नुपर्नेमा पनि आवज उठाउदै आएका छन् ।
यसै विषयमा छलफल गर्नका लागि महासचिव बानले सो बैठक बोलाउनुभएको बताइएको छ । उक्त बैठकमा युरोपली देशका सरकारी प्रमुखहरुसँग उनीहरुले दिनसक्ने शरणका बारेमा नीतिगत हिसाबमा छलफल हुनेछ ।
महासचिव बानले अष्ट्रिया, चेज रिपब्लिक, जर्मनी, ग्रिस, हङ्गेरी, पोल्याण्ड स्लोभाकियाका सरकार प्रमुखहरुसँग कुराकानी गरिसक्नुभएको पनि प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
त्यस कुराकानीका क्रममा महासचिव बानले युरोपेली देशहरुले पछिल्लो समयमा शरणार्थीहरुलाई दिएको शरणको प्रसंशागर्दै यस विषयमा आगामी दिनमा थप के गर्न सकिन्छ भन्ने बारेमा न्युयोर्क बैठकमा छलफल हुने बताइएको छ ।
युरोपमा यतिखेर संसारका कयौँ देशका नागरिक शरण खोज्दै ओइरिएका छन् । यसले गर्दा ती देशहरुमा पनि आन्तरिक सुरक्षा एवम् अन्य विषयमा निकै समस्या पर्ने गरेको बताएका छन् ।
लाखौँ लाख नागरिकले शरणार्थीको रुपमा प्रवेश पाउन युरोपमा पुगेपछि ती देशहरुले पनि आफ्नो देशको तर्फबाट के कति जनालाई शरण दिन सकिन्छ भन्ने बारेका धारणाहरु पनि सार्वजनिक गरिरहेका छन् ।
आप्रवासीले युरोपतर्फ जाने र शरणार्थीका रुपमा आवेदन गर्ने सङ्ख्या प्रतिवर्ष बढ्दै गएको छ । गत वर्षको तुलनामा युरोपेली सङ्घमा शरणार्थी आवेदकको सङ्ख्या नाटकीय रुपमा बढेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।