आफ्ना माग सम्बोधन गरिए वार्ता हुन सक्छ– नेता लेखी

आफ्ना माग सम्बोधन गरिए वार्ता हुन सक्छ– नेता लेखी

रौतहट, २३ भदौ । आदिवासी जनजाति महासङ्घका निवर्तमान अध्यक्ष तथा थारु नेता राजकुमार लेखीले तीन दलको हठका कारण मुलुक गम्भीर द्वन्द्वमा फस्न लागेको बताउनुभएको छ ।

8b46d694655e33f46a3595bacdd28beeआज चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले तराईमा जारी आन्दोलनलाई अहिलेसम्म सम्बोधन नगरिएको भन्दै थारु, मधेसी, आदिवासी, मुस्लिम तथा दलितलाई अधिकारबाट वञ्चित गरेर ल्याइने संविधान मान्य नहुने बताउनुभयो ।

उहाँले समावेशीता, सङ्घीय, समानुपातिक र धर्म निरपेक्षतालगायतका आफ्ना माग सम्बोधन भए आन्दोलन स्थगित हुने बताउँदै आन्दोलनका क्रममा घाइते भएकाको उपचार, हिरासतमा रहेकाको रिहाइ र मैदानमा ल्याइएका नेपाली सेना फिर्ता बोलाए मात्र वार्ताको वातावरण बन्न सक्छ भन्नुभयो ।

पत्रकार सम्मेलनमा सभासद् जनकराज चौधरी, पूर्व सभासद् गोविन्द चौधरीलगायत थारु नेताको समेत उपस्थिति रहेको थियो ।

राजकुमार लेखी

 

तपाइँको प्रतिक्रिया ।