वालउद्धार उच्च मा.वि.लाई भूकम्प प्रतिरोधक भवन हस्तान्तरण , गगन थापाले गरे हिन्दीमा भाषण (भिडियो सहित )

वालउद्धार उच्च मा.वि.लाई भूकम्प प्रतिरोधक  भवन हस्तान्तरण , गगन थापाले गरे हिन्दीमा भाषण (भिडियो सहित )

बुनापा भाद्र २३ गते  /बुढानीलकण्ठ  नगरपालिका वडा नं १२ स्थित वालउद्धार उच्च मा.वि.को प्राङ्गणमा   राधा स्वामी सत्संग व्यासद्वारा निर्माण गरिएको भूकम्प प्रतिरोधक भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन भएको छ ।

Baluddhar School

मंगलबार औपचारिक रुपमा विद्यालय व्यवस्थापन समितिलाई उक्त भबन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथिका रुपमा  आएका काठमाडौँ क्षेत्र नम्बर् चारका सभासद्  गगन कुमार थापाले  प्रवचन  स्वरुपमा  भने “सेवा नै धर्म हो ।” राधा स्वामी सत्संग व्यासले भूकम्प पश्चात नेपालमा सत्र वटा भूकम्प प्रतिरोधात्मक भबन तथा दस वटा सभा भवन निर्माण गरिसकेको छ। यस्तो मानवीय कार्य गर्नुहुने राधा स्वामी सत्संग व्यास परिबारलाई कोटीकोटी नमस्कार गर्दछु , कार्यक्रममा करिब ६ मिनेट बोलेका  उनले हिन्दी भाषामा  भने  ।

(हेर्नुस भिडियो)

 

उक्त भवनमा १५ वटा ब्यबस्थित शौचालय पनि रहेका छन् ।कार्यक्रममा   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद डोटेलेको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा  नेपाली काँग्रेसका क्षेत्रिय सभापति नुच्छे नारायण श्रेष्ठ , एमाले जिल्ला सदस्य तथा बुनपा नगर संयोजक दिपक निरौला, एमाले जिल्ला सदस्य  मिठाराम अधिकारी स्थानीय समाजसेवी ,पत्रकार  लगायताको उपस्थिती रहेको थियो ।

Baluddhar_2

तपाइँको प्रतिक्रिया ।