रास्ट्रपति रनिङ्ग शिल्ड बुढानिलकण्ठमा बाल कुमारी र बुढानिलकण्ठ मावि दितीय
कपन अनलाइन
काठमाण्डौ ,पुस १८ ।
बुढानिलकण्ठ नगरपालिकामा भएको रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा डा नं ३ मा रहेको बुढानिलकण्ठ मावि र वडा नं १२ मा रहेको बाल कुमारी माविले दितीय स्थान हाशिल गरेका छन।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा भएको रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीले प्रथम स्थान हाशिल गरेको छ।सो प्रतियोगितामा वडा नं ३ मा रहेको बाल विकास माविले तृतीय स्थान हाशिल गरेको छ ।
नगरपालिकाको वडा नं ८ को गोल्फुटार मैदान र वडा नं १० को कपन ह्यान्डबल मैदानमा हुने पाँचौ रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ४५ विद्यालयका १३९६ जना खेलाडीहरुले भाग लिएका थिए।
उक्त प्रतियोगिताको समापनमा नगरपालिकामा बसोवास गर्ने रास्ट्रीय तथा अन्त रास्ट्रीय खेलाडीहरुलाई सम्मान गर्नुका साथै विजेता विद्यालयलाई नगद पुरस्कार समेत वितरण गरिएको थियो