रास्ट्रपति रनिङ्ग शिल्ड बुढानिलकण्ठमा बाल विकास बोर्डिंग स्कूल तृतीय

रास्ट्रपति रनिङ्ग शिल्ड बुढानिलकण्ठमा बाल विकास  बोर्डिंग स्कूल तृतीय

कपन अनलाइन

काठमाण्डौ ,पुस १७ ।

बुढानिलकण्ठ नगरपालिकामा भएको रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा वडा नं ३ मा रहेको बाल विकास माविले तृतीय  स्थान हाशिल गरेको छ  ।

सो प्रतियोगितामा  वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीले प्रथम स्थान हाशिल गरेको छ भने वडा नं ३ मा रहेको बुढानिलकण्ठ मावि र वडा नं १२ मा रहेको बाल कुमारी माविले दितीय स्थान हाशिल गरेका छन।

नगरपालिकाको वडा नं ८ को गोल्फुटार मैदान र वडा नं १० को कपन ह्यान्डबल मैदानमा भएको  पाँचौ  रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ४५ विद्यालयका १३९६ जना खेलाडीहरुले भाग लिएका थिए।

उक्त प्रतियोगिताको समापनमा नगरपालिकामा बसोवास गर्ने रास्ट्रीय तथा अन्त रास्ट्रीय खेलाडीहरुलाई सम्मान गर्नुका साथै विजेता विद्यालयलाई नगद पुरस्कार समेत वितरण गरिएको थियो

तपाइँको प्रतिक्रिया ।