युरो स्कुल,बुढानिलकण्ठ-६ संग स्थानीयहरुको तीव्र असन्तुस्टी, स्थानीयले वडा संग गुनासो पोखे
कपन अनलाइन
काठमाडौं, पुस १३।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का स्थानीयहरुले युरो स्कुलका कारण विभिन्न दुख पाएको भन्दै असन्तुस्टी व्यक्त गरेका छन।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ६ कमिटीले आयोजना गरेको जान संवाद कार्यक्रममा आफ्नो विचार राख्दै स्थानीयहरुले सो विद्यालयका सवारी साधन र चालकहरुका कारण निकै दुख पाएको गुंसो व्यक्त गरेका थिए।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख अनिता लामा,वडा अध्यक्ष रवी खड्काको साथमा रहेका नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष तथा पुर्व प्रदेस सभा सदस्य दिपक निरौलाको अगाडी आफ्नो विचार राख्दै स्थानीयहरुले विद्यालयले गर्ने खेलकुद र अन्य कार्यक्रमका कारण हुने ध्वनि प्रदुसन कारण विरामी र जेष्ठ नागरिकले निकै सास्ती खेप्नु परेको बताएका थिए।
सो विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व समेत पुरा नगरेको भन्दै स्थानीय जनताहरुले बिहान र बेलुकाको समयमा बस तथा अन्य सवारी साधनका लापरवाही पूर्ण गतिविधिले निकै जोखिम भोग्नु परेको गुनासो व्यक्त गरेका थिए।
धेरै पटक आफुहरुले अनुरोध गर्दा समेत सो विद्यालयले बेवास्ता गरेको र चालकहरुले समेत दुर्व्यवहार गर्ने गरेको भन्दै बाक्लो शंख्यामा उपस्थित रहेका स्थानीयहरुले समाधानका लागि सरोकारवालाहरुलाई अनुरोध समेत गरेका छन।