मुक्तकहरु : प्रकाश नेपाली
कपन अनलाइन
काठमाडौं, पुस १३।
आफ्नै मुटु पराइ मानी फिर्ता चाहियो
यादहरु ती छानिछानी फिर्ता चाहियो ।
कसम प्रिय तिम्रै हु भनी रात बिताएकी हौ
अब भन्छयौ मेरो जवानी फिर्ता चाहियो ।
जनता बोल्न आवाज ब्याण्ड पहिल्यै बनाएका हुन्
देश हाम्रो अर्काको ह्याण्ड पहिल्यै बनाएका हुन्
बस नेपाललाई नेपाल बनाउ अरु चाहिदैन सरकार
गफै गफमा स्विजरल्याण्ड पहिल्यै बनाएका हुन् ।
सबैको सामु पागल झै बनि पठाइदिएको हुँ ।
आफन्तै भएतापनि गनिगनि पठाइदिएको हुँ
सम्हालेर राख्न खोज्दा मनबाट निस्कनेलाई
राम्रोसँग जानु शुभयात्रा भनी पठाइदिएको हुँ
बसेर सगै वारिपारीको बेदना कहिल्यै बुझेन
गुजा¥यो जिन्दगी घर–बारिको बेदना कहिल्यै बुझेन
ओछ्यानमा श्रीमतिको सबै ब्यथा बुझ्ने लोग्नेले
बाहिर निस्केपछि नारिको बेदना कहिल्यै बुझेन।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।