दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाडौं, पुस १३।
न्याउलीका वासन्ती भाकाले नबोलाऊ
छायाँजस्ता नक्कली प्रीतले नचलाऊ
आखिर मन्का कुनाहरु रुवाउनै त होला
महमा डुबाएका तीता गीतहरु न्पिलाऊ ।
एकान्तमा पुग्नासाथै एक्लिएको मन
तिम्रैमात्र सम्झनामा एकोरिन्छ झन
मलाईमात्र हो कि यस्तो त्यता पनि हुन्छ
नढाँटेर ए मायालु मन्का कुरा भन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।