दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाडौं, पुस १३।
तिखो काँढामा फूल लाई बाच्न बाध्य छ
झुसिले किरालाई पुतली भै उड्न बाध्य छ
यस्तै यस्तै छ जिन्दगीको ठुलो बिडम्बना
जिउदो जीवन रोदन बोक्दै बाच्न बाध्य छ ।
प्रत्येक धर्तीको कणकण जीर्ण भैरहेछ
समयलाई ताण्डव नृत्यमा ढालिरहेछ
मक्की सकेछ अहो जीवन यौवन
सहारा बिना सुनो धर्ती टुक्रा टुक्रा भैरहेछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
