दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाडौं, पुस ६।
क्षितिजको लालिमासँग खेल्दै रमाउँदा
गर्जने मेघको कालिमाले झसक्क तर्साउँदा
लाग्छ यो यामको आयू कति लामो छ कुन्नि
पूmलको आशा कहाँ पुग्छ सगरले काँढा बर्षाउँदा ।
हृदयमामा हाम्रो नाता सजाएर राख
नओइलाउने मन फूल फुलाएर राख
जीवनको द्यौरालीमा छिटै भेट हुँदैन कि
भो भो प्रीये तिम्रो आँशु बचाएर राख ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।