काँग्रेस सचेतक श्रेष्ठको डा कोइरालालाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन

काठमाडौँ, १८ भदौ । नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले नेपाली काँग्रेसका सभासद् डा शेखर कोइरालालाई संविधानको विधेयकमा संविधानसभा सचिवालयमा आज दर्ता गर्नुभएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिनुभएको छ ।

प्रमुख सचेतक श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको निर्णय विपरीत विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएको सूचना प्राप्त भएकाले फिर्ता गर्न आग्रह गरिएको बताउनुभयो ।

उहाँले पार्टीको निर्णय र निर्देशन विपरीत जो कसैबाट निर्देशनको उल्लङ्घन गरिएमा कारबाही हुने जानकारीसमेत दिनुभएको छ ।

तपाइँको प्रतिक्रिया ।