जन्मदिनको असिम शुभकामना : अनिता भण्डारी (पौडेल)

जन्मदिनको असिम शुभकामना :  अनिता भण्डारी (पौडेल)
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २९।

प्रिय छोरा जुन दिन देखी तिमी हाम्रो जिवनमा आयौ,
खुशी र उज्यालो छर्दै जहिले पनि शिर उच्च बनायौ
भविष्यको मिठो सपना बोकी अगाडी बढ्दै जानु
सदैब आशिर्वाद सु –स्वास्थ, दिर्घायु भाग्यमानी हुनु

पाटनको जन्म, काठमाडौँदेखि काठमाडौँ विश्वबिद्यालय खुरुखुरु
आईआईटी हैदराबादको चुनौतीमा, भयो छोरा तिम्रो यात्रा शुरु
जे जस्तो परिस्थिती आउछ सुत्न नदिएका सपना बोकेर उठ
प्रतिभाशाली इन्जिनियर बन्नु, सबैको विश्वास जित्दै लक्ष्यमा जुट

दश बर्षको उमेर देखी क्रिकेट मैदानमा डराएनौ कत्ती
प्रतिस्पर्धामा उत्रिरहन्छौ पसिना चुहाई पछि हट्दैनौ रत्ति
कहिलेकाहीँ मोडिन्छन् अनि भत्किन्छन् अदृश्य सपनाहरु
तिम्रो आत्मा दृढ भए जे हुन्छ राम्रै हुन्छ गरिएका योजनाहरु

शंका लाग्न सक्छ कतै यिनै परीक्षाहरूले अल्मल्याउछ की
उड्न खोजेका पखेटाहरुलाई उड्न नदिई डग्मग्याउछ की
तर म सधैँ तिम्रो आँखामा, देख्छु दिव्य शक्ति चौतर्फी फैलाउछौ
थोरैले पाउन सक्ने यस्तो अदभुत ज्योतिलाई झन्झन् बलाउछौ

आफैले सामना गरेका चुनौतिहरू, बाधाहरू, उच्च पार्दै,
तिमी माथि उठ्छौ, तिमी आकाश छुन्छौ समस्यालाई टार्दै
बुद्धिमत्ता, सृजनशीलता, आफैलाई बिश्वास गरी चढ् खुड्किलो
प्रत्येक पाइलामा, प्रमाणित गरिदेउ सम्झेर आफूलाई पहिलो

तिमी हिड्ने हरेक बाटो उज्यालो होस् दिब्य प्रकाशको साथ
झुक्नेछैनौ आफ्ना क्रियाकलापले उच्च बनिरहोस् तिम्रो माथ
हरेक परीक्षामा सफलता मिलोस् नजाओस् मिहिनेत खेर
प्रत्येक आँधीबेहरीको सामना गर मिठो प्रतिफल मिल्छ हेर

मेरो प्यारो छोरा तिमी बलिरहेको ज्वाला, चम्किलो तारा ।
इन्जिनियरिङ, नृत्य, खेलकुद जताततै छन् शुभेक्षुक सारा
तिमीले कमाएका प्रमाणपत्र रुपी अनगिन्ती अमूल्य उपहार
रत्ति भर मान्ने छैनौ खोस्टो कागज गर्नेछौ तिनको संहार

विश्वास राख बाबु हरपल हामीले देखाएका बाटाहरुमा
आफ्नै मिहिनेत र परिश्रमको बीउ छर्दै गरेका माटाहरुमा
तिनै बिउ बिरुवा बनाई प्रेमको फल फलाउ बिश्वास जितेर
सबैले सम्मान र मनन गर्नेछन् तिम्रो आत्मविश्वास देखेर

छोरा तिम्रो खुशी, उमङ्ग–उत्साह, उन्नती –प्रगति यस्तै यस्तै मनको चाहना
परिवारको अपार माया, अटल विश्वास, आफ्नो हृदयलाई छोडिदेउ खुल्ला
स्वास्थ्य, दिर्घायु, सफलता, सही मार्गदर्शन, गरिदेऊ परिस्थितीको सामना
छोरा शास्वत तिमीलाई हृदयभरीको आशिर्बाद अनि असिम शुभकामना ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।