दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक :  भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २९।

क्षितिजको लालिमाले हेरिराको रैछ
आकाशको कालिमाले पर्खिराको रैछ
प्रतिक्षाको याम लामो भएर पो हो कि
पूmलको आशा काँढामा पो फेरिराको रैछ ।

क्षितिजको लालिमासँग खेल्दै रमाउँदा
गर्जने मेघको कालिमाले झसक्क तर्साउँदा
लाग्छ यो यामको आयू कति लामो छ कुन्नि
पूmलको आशा कहाँ पुग्छ सगरले काँढा बर्षाउँदा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।