अन्नदाता : प्रशंशा सुनाम (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६ ।
खेतबारी लहलह फलाउने अन्न
संसारको भोक टार्ने किसान हुन् धन्य
गोठभरी गाईभैंसी साना पाडा बाच्छा
पालेका छन् हाम्रै लागि पोखरीमा माछा ।
पसिनाले भिजाउछन् गरा गरा माटो
अन्न दिन्छ माटो पनि पसिनाको साटो
लेकबेँशी, वनपाखा पानी कुलाभरी
जताततै किसानको काम थरि थरि ।
पालेका छन् खोरभरी कुखुरा र बाख्रा
लहरामा कति राम्रा फर्सी अनि काँक्रा
परिश्रमि हातहरू सिर्जनाको खानी
सिर्जनामै रमाउने प्यारो जिन्दगानी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।