आशीर्वाद : गङ्गा आचार्य सापकोटा (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६ ।
‘धेरै पढ्नू, ज्ञानी हुनू, असल बाटोमा हिँड्नू । बाआमा भगवान् हुन् भन्ने कुरा कहिल्यै नबिर्सनू……… ।’
मुहारपुस्तिकामा छोराले नातिलाई जन्मदिनमा दिएको आशीर्वाद देखेर पिता श्रीधरका आँखा रसाए ।
आफूसँग छोरो नबोलेको वर्षौ भइसकेको थियो ।
आँसु पुछ्दै उनी बिस्तारै गुनगुनाए –‘प्रिय छोरा, मेरो इच्छा पूरा नभएपनि तेरो इच्छा पूरा होस् ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।