भिडहरु : मोहन कार्की
मलाइ मेरो देश चाहिन्छ
मलाई मेरो भेष चाहिन्छ
मलाई मेरो बाटो चाहिन्छ
मलाइ मेरो माटो चाहिन्छ
मलाइ ढाट्ने यस्ता पार्टी चाहिँदैन ।
अचेल सडकमा यस्ता भिडहरु देख्न थालिएको छ । यो भिड एउटा रवि लामिछाने भन्ने व्यक्तिलाई अनुसन्धानको लागि कस्टडिमा लगेको बिरोधमा र अर्को भिड प्रचण्डलाई सरकारबाट बाहिर आउनु परेकोमा सडकमा खबदारी सभा नामले मानिस जम्मा पारेर बराली राखेका छन् ।
यसैगरी एकपछि अर्को द्वन्द्व निम्त्याउने र देशलाई सोमालिया जस्तै बनाएर भारतमा सिक्किमी मोडलमा देश बुझाउने तरीका यिनिहरुले गरेको कामबाट अनुमान लगाउन सकिन्छ ।
किनकि यिनिहरुले देश जनताको नाम लिएका छन तर जनतालाई परेको समस्यामा जादैनन् । यतिवेला काभ्रे जिल्लामा बाढि पीडित समस्यामा छन् । बि.पि. राजमार्ग पुरै क्षतबिक्षत भएको छ । त्यस ठाउँमा यि सडकमा भेला भएका मानिसहरु सडक बनाउन बोलायो भने किन जादैनन ? आफ्नो देशको विकास ग¥यो भने जनताले सुख पाउछन् । नेपाल बलियो हुन्छ । बलियो नेपाललाई कसैले दास बनाउन सक्दैन ।
त्यसैले नेपालमा हुने गरेका राजनीतिका नामका पार्टी र ति पार्टी नामको खिस्टो ओडेकाहरुलाइ अरु नै बिदेशिहरुले परिचालन गरेका देखिन्छन् ।
त्यो किन भन्न सकिन्छ भने नेपालको बलियो आधारहरु थिए कुनै बेला । नेपाल आत्मनिर्भर देश थियो । २००४ सालमा नेपाली काङ्ग्रेसको स्थापना, २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी दुबै पार्टी भारतमा स्थापना, २०५२ स्थापना भएको माओवादीलाई काङ्ग्रेस, एमालेलाई जस्तै आस्रय दिएर हुर्काउने पनि त्यहि भारत ।
याहाँ मज्जाले अध्ययन गर्नु पर्ने कुरा २००४ सालमा भारतमा खोलिएको नेपाली काङ्ग्रेस पार्टीका सचिव तथा कार्यालय सचिवालयका सचिव पुष्पलाल श्रेष्ठलाई नेपाली काङ्ग्रेसको स्थापना भएको २ बर्षा पछाडि अर्को पार्टी किन खोल्न लगाइयो होला । गहिरोसँग सोचांैत । अनि नेपालमा कम्युनिस्ट भन्नेजत्तिले बढि उग्र नारा लगाउने र मानिस नै मार्नेसम्मको कुबुद्दि कसले भरीदियो होला ।
अर्को अचम्मको र नेपालका राजनीतिज्ञहरुले अध्ययन गर्नै पर्ने र जनतालाई बुझाउनुपर्ने विषय भारतको आशाममा जारी माओवादी बिद्रोहलाइ दबाउने र काहि त्यसको कार्यकर्ता भेट्यो कि मारीहाल्ने भारतले त्यो जस्तै नेपालको तर भारतमा लुकेर बस्ने बिद्रोही माओवादी नेताहरुलाई भारतमा आस्रय दिएर नेपालमा दाइले भाइलाई भाइले दाइलाई मार्न लगाउने काम केका लागि गरेको थियो होला ।
२०४६ सालमा भारतिय श्याम शङखर मुखर्जीहरु नै आएर जन आन्दोलन गराइ सकेपछि उनिहरुले भारतमा खोलिदिएको नेपाली काङ्ग्रेस र एमाले पार्टी सरकारमा पु¥याइ नेपालको अर्थतन्त्रमा असर पु¥याउन उद्योग कलकारखाना निजिकरन गरी सवै बन्द गराएका थिए । नेपालको कागज उद्योगदेखि रेसमी खेति धागो उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, कपडा उधोग जुन महेन्द्रकालिन समयमा बेसिक आवश्यकता छ भने ९३ वटा उद्योग स्थापना गरिएका थिए त्यो भन्दा अगाडि नै राणाकालीन समयमा थुपै उद्योग थिए । खाद्यान्नमा नेपाल आत्मनिर्भर थियो ।
बाँकि निजि उद्योग कलकारखाना २०५२ सालको जनयुद्धको बम बारुद र मानिस नै मार्ने काम गर्ने माओवादीको धाक, धम्कि, चन्दा आतंक, अपरण जस्ता डरका कारण गलैचा उद्योग, पस्मिना, गर्मेन्ट बन्द भएका थिए । जसमा गलैचा उद्योगमा काम गर्नेहरु मात्रै १३ लाख मजदुरले रोजगार गुमाएका थिए ।
२०५२ सालमा नै महाकाली सम्झौता गरेका थिए ।
नेपाल जति अस्थिरतामा रहन्छ त्यति नै शक्तिशाली राष्ट्रहरुलाई नेपालको बलियो आधार सिध्याउन सजिलो हुदो रहेछ । उदाहरणका लागि २००७ सालमा त्रीपक्षिय सम्झौता राजा– राणा र प्रजातान्त्रिक आन्दोलनकारी दिल्लीको रोहबरमा भएको थियो । जुन समय अहिलेको नेपाल अस्थिरतामा भए जस्तै थियो होला । त्यसपछि २०११ सलमा नेपाल र भारत बिच कोशी सम्झौता भएको छ जुन नेपालबाट भारत बग्ने नदी भारतको नियन्त्रणमा ढोकाको ताला साचो हुने गरेको छ । त्यसैगरी २०१६ सालमा गण्डक सम्झौता भएको छ । यो नेपाललाई कमजोर बनाएर कतिसम्म भने नेपालले माथिल्लो भागमा कुनैपनि योजना बनाउँदा भारतको तल्लो तटिय क्षेत्रमा पानी नघटने गरी काम गर्नुपर्ने छ । भनि गण्डक सम्झौतामा लेखेर हस्ताक्षर गर्न लगाइएको थियो ।
त्यतिबेलाका ति असम्झदारी सम्झौताहरुको कारण नेपालको जलविद्युत बनाउन नितिगत अवरोध पु¥यायो । देशमा रोजगार सृजना हुन सकेनन् । भएका उद्योग कलकारखाना बन्द भइसकेका थिए ।
अहिले देश खाली हुनु युवा शक्ति पलायन हुनु त्यतिबेलाको असर अहिले देखिदै छ ।
त्यसपछि इमानदार कर्तव्य निस्ट मानिसहरूलाई जहिलेपनि अवसरबाट बन्चित गरेपछि युवा पुस्ता निरास हुने देश छोडेर जाने बाकि रहेकाहरुले सरकारमा रहेका पार्टीहरुको चाकरी, बिचौलिया गरेमा मात्रै जीवन चल्ने नभए जीवन नचल्ने भयो ।
नेपाली किसानले उत्पादन गरेको खाद्यान्न समेत बिक्री नहुने । तर भारतबाट वा अन्य देशबाट आयात गरेर याहाँका नागरिकले किनेर खानुपर्ने वाद्यता सृजना गरायो ।
यसै बिचमा नेकपा एमालेका महासचिव मदन भण्डारी, जिवराज आश्रितलाई कार दुर्घटना गराइ त्रीशुलिमा मारे, त्यसले नेपालमा भिआइपिहरु सुरक्षित छैनन भन्ने सन्देश संसारभरी गयो । नेपाल पर्यटन मुलुक पनि भएको हुँदा नेपालको टुरिज्म क्षेत्रमा समेत असर पुग्यो । माओवादी मारपिट त छदै थियो । त्यसपछि २०५८ सालमा दरबार हत्यकाण्ड भयो त्यसपछि झनै नेपालको अर्थतन्त्रमा पर्यटनबाट प्राप्त हुने आम्दानी गुम्न थालेर आज भिआइपि टुरिस्टहरु नै देख्न छाडिएको छ ।
नेपालमा जीवन धान्न गारो भएपछि विदेश गएका नेपालीका छोराछोरीले बुबा आमाको माया त पाएनन् नै देशप्रतिको लगाव सस्कृति पनि सिक्न पाएनन् । कसैले हो ग¥यो भने हो हो गर्दै हिडन र केही आफुसँग भएको पैसा बिलासितामा लगाउने केहि छिनमै सक्ने र मोबाईलमा आएका कुरा मात्रै सत्य हुन भनेर पछि लाग्ने समाजको निर्माण हुन पुग्यो । एकथरी काम गर्न अल्छि मान्नेहरु सधँै राजनीतिक पार्टीको नेताको घर धाउने र बिचौलिया काम गर्ने अर्काथरी जो आफ्नो देशमा बसेर काम गर्छु भन्नेहरु काठमाडौँको न्युरोडमा गएर हे¥यांै भने धेरैजत्ति भारतीय व्यापारीले खोलेका कपडा पसल, सुन पसल, गाडी पसल तिर नेपालीले काम गरेको देख्छौ । त्यो पनि तल्लो पदमा हामीलाई यहि अवस्थामा पु¥याउन हिजो प्रजातन्त्र, गणतन्त्र भन्दै दाइले भाइ मार्ने भाइले दाइ मार्ने क्रान्ति गर्न सिकाए आज आर्थिक रुपमा कमजोर बनाएर अर्काको दास बन्न बाध्य पारेका छन् । बाँकी रहेको देशलाई पुनः सिकिमिकरण गराउन हो मा हो गर्दै हिडने नेपालीलाई उक्साएर नेपालको अस्तित्व मेटाउन प्रयास गर्दैनन् । खबरदारी त अव हामिले पो गर्ने बेला भएको छ । आजलाई यति ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक