चालकरहित विमान अक्रमणको पाकिस्तानद्धारा निन्दा

चालकरहित विमान अक्रमणको पाकिस्तानद्धारा निन्दा

इस्लामाबाद, १७ भदौ । पाकिस्तानको उत्तरी वजिरिस्तान आदिवासी क्षेत्रमा मङ्गलबार अबेर राति गरिएको एक अमेरिकी चालकरहित विमान आक्रमणको पाकिस्तानले निन्दा गरेको छ । सो आक्रमणमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ ।

‘पाकिस्तान यस प्रकारको आक्रमणको निन्दा गर्छ किनकि यस्ता आक्रमणले हाम्रो राष्ट्रियता र अन्तर्राष्ट्रिय कानूनको अपमान गर्छ’ पाकिस्तानी विदेशमन्त्रीद्धारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

यस आक्रमणबाट उत्तरी वजिरिस्तानमा नागारिक हताहत भएका छन उहाँले बताउनु भएको छ ।
समाचारदाताहरुका अनुसार दत्ता खेल तेसीलको कर्वान्दा क्षेत्रमा अमेरिकी चालकरहित विमानद्धारा दुई वटा क्षेप्यास्त्र आक्रमण गरिएको थियो । यो आक्रमण एक महिना भित्र गरिएको दोस्रो आक्रमण भएको पनि बताइएको छ ।

यसअघि अगस्त ६ मा उत्तरी वजिरिस्तानको दत्ता खेल क्षेत्रमा नै गरिएको अमेरिकी चालकरहित विमान आक्रमण परी कम्तीमा सात सदिग्ध आतङ्ककारी मारिएका थिए ।

तपाइँको प्रतिक्रिया ।