सुन पियारी : आकाश अधिकारी

सुन पियारी : आकाश अधिकारी

कपन अनलाइन
काठमाडौं, कात्तिक ५ ।

सुनखानी मा काम गर्ने,“सुन“ पियाँरी !
म सुनाउछु बाँसुरिको धुन पियाँरी !

बालबच्चा भोकभोकै बाटो हेर्दै होलान !
आँखाबाट आँसु झार्दै कति बेर रोलान !
दुनियाँमा श्रमिकको के छ चिनारी !
म सुनाउछु बासुँरीको धुँन पियारी !

अभावले थिलिएका मान्छे कर्महारा !
पाखुराको भरमा बाच्ने हामी सर्वहारा !
किस्मतले भाग्य लुट्यो परे बिरामी !
म सुनाउछु बासुँरीको धुन पियारी !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।