गजल : जनक प्रेमिल

गजल : जनक प्रेमिल

कपन अनलाइन
काठमाडौं, कात्तिक ५  ।
धेरै पैसा कमाएर पनि कमाए जस्तो छैन आमा
यो प्रदेश हो तिमिले दिएर खाए जस्तो छैन आमा

कहिले न सुति कहिले अनिधै रात भरि काम गर्नै पर्छ
मेला पात पानी लिन पधेरि धाए जस्तो छैन आमा

देख्दा त रमाएकै छ लाएकै छ जस्तै देखिन्छ गाउँबाट
बुवालाई फुर्कादैँ नयाँ कपडा लाए जस्तो छैन आमा

बरु खाडि गएर दुखै गरेभए पनि २,४ पैसा जोगिने थियो
सबै यहि तिर्नु पर्छ जापान आएर नि आए जस्तो छैन आमा

काम न गरे अर्को महिनालाई बस्न खानै धौधौ पर्छ फेरि
आफुले गर्न चाएको कुरा पनि चाए जस्तो छैन आमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।