संविधानसभा विघठन भएर निर्वाचन घोषणामा सबै जिम्मेवारः प्रधानमन्त्री

काठमाडौ, २३ जेठ । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि सहमति पनि गर्न नमान्ने, नियमित प्रक्रियामा गएर विवादित विषयको छिनोफानो गरेर संविधान बनाउन नमान्ने दलहरूको कारण संविधानसभालाई बचाउन नसकिएको बताए । प्रधानमन्त्रीले सर्वोच्च अदालतको अपहेलना गरेको मुद्दा खेपेरै भएपनि आफूले संविधानसभालाई बचाउन खोजेको बताए ।
प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतन्त्रको विकल्प अझ ठूलो लोकतन्त्र भएको बताएका छन । सरकार पक्षले गरेको अन्तरक्रियामा बोल्दै भट्टराईले लोकतन्त्रको विकल्प कुनै अधिनायकवाद वा अन्य शासनसत्ता हुन नसक्ने दाबी गरे ।
उनले संविधानसभा विघठन देखि जे जस्ता प्रक्रियाबाट अहिलेको परिस्थिति आएको हो त्यसमा सबै जिम्मेवार रहेको बताए । प्रधानमन्त्रीले संविधानसभा विघटन भए पनि लोकतन्त्रमा विश्वास गर्ने सबैले लोकतान्त्रिक पद्धति अंगालेर गए मुलुक बचाउन सकिने विश्वास समेत ब्यक्त गरे ।
उनले  सहमति पनि नगर्ने, संविधानसभाको अधिकार प्रयोग गर्ने प्रक्रियालाई पनि कुण्ठित गर्ने, संकटकालका लागि पनि सहमति नदिने र चुनावबाट पनि भाग्ने जस्ता प्रवृत्ति लोकतान्त्रिक मुल्य मान्यता विपरितका गतिविधी पनि काग्रेस र एमाले सहितका दलहरुको आलोचना पनि गरे ।
संविधानसभाबाट सजिलै संविधान बनेका उदाहरण थोरै भएको बताउँदै उनले निरास नहुने आग्रह गरे । उनले भने– ानैदेखि संविधानसभामार्फत जनताको संविधान बनाउने सपना आफ्नै कार्यकालमा पूरा गर्न नसक्दा म आफै पनि मर्माहात भएको छु ।
कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्रीले नयाँ संविधानसभाको चुनावको मिति घोषणा गरेर मुलुकलाई निकास दिन खोज्नुभएको बताउँदै चुनावदेखि तर्सिएर कोही पनि भाग्न नहुने बताए । कार्यक्रममा उद्योगपति, सन्चारकर्मी, नागरिकसमाजका व्यक्तित्वहरूले पनि आ–आफ्ना धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।