संविधानमा पुर्ण सहमति बने संविधानसभा ब्यूताउन सकिने प्रचण्डको भनाई

काठमाडौ, २३ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा दलहरुवीच सहमति जुटे विघठित संविधानसभा सहमतिमा पुर्नस्थापन गर्न सकिने बताएका छन ।
सत्तारुढ  गठबन्धन ले राजधानीमा आज आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा प्रचण्डले राजनीतिक दलहरूबीच सहमति भएमा यस्तो सम्भावना पनि जिवितै रहेको स्पष्ट पारेका हुन ।
उनले संविधानसभा विघटनमा जो जो दोषी रहे पनि मुलुकलाई निकास दिन फेरि पनि सहमतिको विकल्प नभएको धारणा राख्दै  संविधानसभालाई बचाउन आफ्नो दलले अन्तिम समयसम्म प्रयास जारी राखे पनि काङ्ग्रेस, एमालेलगायतका दलका नेताका कारण विघटन हुन पुगेको दावी गरे ।
उनले अहिले काग्रेससहितका केही दलका सभासदहरुले संविधानसभा ब्यूताउन गरिरहेको प्रयास सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास भएको दावी पनि गरे
उनले आफू अहिले सहमतिकोलागी प्रयासरत रहेको उल्लेख गर्दै राष्ट्रपति, काग्रेस र एमालेका
यसैगरी कार्यक्रमम प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि सहमति पनि गर्न नमान्ने, नियमित प्रक्रियामा गएर विवादित विषयको छिनोफानो गरेर संविधा नबनाउन नमान्ने दलहरूको कारण संविधानसभालाई बचाउन नसकिएको बताए । प्रधानमन्त्रीले सर्वोच्च अदालतको अपहेलना गरेको मुद्दा खेपेरै भएपनि आफूले संविधानसभालाई बचाउन खोजेको बताए ।
कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्रीले नयाँ संविधानसभाको चुनावको मिति घोषणा गरेर मुलुकलाई निकास दिन खोज्नुभएको बताउँदै चुनावदेखि तर्सिएर कोही पनि भाग्न नहुने बताए । कार्यक्रममा उद्योगपति, सन्चारकर्मी, नागरिकसमाजका व्यक्तित्वहरूले पनि आ–आफ्ना धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।