दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक : भारद्वाज मित्र

कपन अनलाइन
काठमाडौं, असोज १२।
आज यौटा मन्को गीत गाउँगाउँ लाग्यो
मेचीकाली बादलुझैँ छाउँछाउँ लाग्यो
जीवनको साँचो अर्थ बुझ्न थालेपछि
माटोसँग मायाप्रीति लाउँलाउँ लाग्यो ।

राम्रा काम छानी छानी छिटै गर्न सके
फूलजस्तै सुवासिला बास्ना छर्न सके
यथार्थमा जीवनी यो साँच्चै सफल हुन्थ्यो
केही कीर्ति धरतीमा छाडी मर्न सके ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।