दोश्रो काष्ठमण्डप कप बास्केटबलमा एक्सेल्सियर र एनबीएफको जित

दोश्रो काष्ठमण्डप कप बास्केटबलमा  एक्सेल्सियर र एनबीएफको जित

कपन अनलाइन
काठमाडौं, असोज १०।
द एक्सेल्सियर स्कुल र एनबीएफएले दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् ।
एक्सेल्सियरले एनसीसीएसलाई २५–२२ तथा एनबीएफएले अध्ययन स्कुललाई २०–१६ ले पराजित गरे । सिनियर ब्वाइजमै विल्सन एकेडेमीले आयोजक काष्ठमण्डप विद्यालय ‘बी’ लाई २३–१९ तथा क्याम्पियनले काष्ठमण्डप ‘ए’ लाई ३५–२७ ले पाखा लगाए ।
बास्केटबलकै सिनियर गल्र्समा एनसीसीएसले काष्ठमण्डप ‘बी’ लाई १९–११, बौद्ध इन्टरनेसनल स्कुल         (बीआईएस) ले जोन डेवीलाई २७–१० र द चाँदबाग स्कुलले एक्सेल्सियरलाई १४–७ ले पन्छाए ।
फुटसलको सिनियर ब्वाइजमा विल्सनले एनसीसीएसलाई ५–२, एक्सेल्सियरले बीआईएसलाई १–० र चेल्सी एकेडेमीले बीआईएसलाई ४–० गोलले पराजित गरे । जुनियर ब्वाइजमा चाँदबागले एक्सेल्सियरलाई २–० तथा एक्सेल्सियरले लिटिल वन्डरलाई ७–० गोलले हराए । विल्सन र मिस्बेरीबीचको खेल १–१ गोलको बराबरीमा सकियो ।
सिनियर गल्र्समा जोन डेवीले काष्ठमण्डप ‘बी’ लाई ७–०, जोन डेवीले एलआरआईलाई ३–०, काठमाडौं वल्र्ड स्कुलले एलआरआईलाई २–०, क्याम्पियनले अध्ययनलाई २–१ र काष्ठमण्डप ‘ए’ ले क्याम्पियनलाई ४–० गोलले पाखा लगाए ।

तपाइँको प्रतिक्रिया ।