काठमाण्डौ महानगरपालिका-४ मा इन्साइट भिजनका विद्यार्थीहरुलाई उड्डयन कार्यशाला तालिम

काठमाण्डौ महानगरपालिका-४ मा इन्साइट भिजनका विद्यार्थीहरुलाई उड्डयन कार्यशाला तालिम

कपन अनलाइन
काठमाडौं, असोज १०।

काठमाण्डौ महानगरपालिका वडा नं ४ मा रहेको इन्साइट भिजन माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई उड्डयन कार्यशाला ( Aviation Workshop)  तालिम प्रदान गरिएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं ४ को आयोजनामा दुइ दिन संचालन भएको सो तालिममा विद्यालय र उच्च मावि तहका विद्यार्थीहरु सहभागी रहेका थिए।

STEAM परियोजना अन्तर्गत संचालित सो तालिममा विद्यार्थीहरुले हवाई जहाज निर्माण सहित विज्ञान र गणितका विभिन्न पक्षरुको वारेमा शैदान्तिक र प्रयोगात्मक शिप तथा ज्ञान प्राप्त गरेका थिए।

The Squad Of Changemakers को प्राविधिक सहयोगमा संचालन भएको सो तालिम विद्यार्थीहरुमा बैज्ञानिक सोचको विकास र ज्ञान प्रदान गर्नका लागि आयोजना गरिएको हो।

STEAM परियोजना अन्तर्गत काठमाण्डौ महानगरपालिकाका ४ सामुदायिक सहित २८ वटा विद्यालयमा वि सं २०८१ साल भित्र तालिम संचालन हुने आयोजकले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।