मुक्तकहरु : गंगा खड्का

मुक्तकहरु :  गंगा खड्का

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

पानी पर्न छाडेपछि सधैँ आकाश खुल्ने भए
कल्पवृक्षमा जसरी आँटेको फल झुल्ने भए
किन बगाउनुपथ्र्यो र आँसुका सहस्र धारा
विषालु रुखमा नि सुगन्धित फूल फुल्ने भए ?

तिम्रो प्रतीक्षा गर्दागर्दै रमाउने बानी लागिसक्यो
हृदयमा प्रीतिको गीत जमाउने बानी लागिसक्यो
दिलले देखेको सपना भुल्न नसकेर त होला
मनको लड्डु हातमा नै समाउने बानी लागिसक्यो

आफ्नो परिवेश मनोहर हुनैपर्छ भन्ने छैन
पहिल्यैचोटि सगरलाई छुनैपर्छ भन्ने छैन
दुः खसुखले भरिएको यो जिन्दगीको मैदानमा
एकपटक हार्दैमा हात धुनैपर्छ भन्ने छैन

आफू सर्वेसर्वा भएपछि जेलाई पनि पेवा ठान्छन्
कट्मिरे फललाई पाकेको अनि स्वादिलो मेवा ठान्छन्
नातावाद र कृपावाद हावी भएको यो दुनियाँमा

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।