सेन्ट लरेन्समा टेबलटेनिस सम्पन्न

सेन्ट लरेन्समा टेबलटेनिस सम्पन्न

कपन अनलाइन
काठमाडौं, भदौ २७।
मोक्षदाका नितेश बुढाथोकी र कृवित भण्डारीको जोडी दोश्रो पिइएफ अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको ब्वाइज डबल्समा बिहीबार स्वर्ण जितेका छन् ।
चावहिलस्थित सेन्ट लरेन्स स्कुलको प्रायोजनमा प्रोग्रेसिभ एजुकेसन फोरम (पिइएफ) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नितेश र कृवितको जोडीले नेमोनिकका विशाल लामा र विप्सन घिमिरेको जोडीलाई ३–० को सोझो सेटमा पराजित गरे । रुद्रमति पाठशालाका विभान कार्की र कृष थापा मगरको जोडी तेश्रो भए ।
प्रायोजक सेन्ट लरेन्समा भएको प्रतियोगिताको गल्र्स डबल्समा मिसन पब्लिकका गृष्मा तामाङ र सुजिता राईको जोडीले स्वर्ण जिते । उक्त जोडीले फाइनलमा गत वर्षको उपविजेता सेन्ट लरेन्सका प्रियंका ठाकुर र दीक्षा गुरुङको जोडीलाई ३–२ को सेटमा हराए । रुद्रमतिका विजेता बस्नेत र अञ्जली थापा मगरको जोडी तेश्रो बने ।
विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष गोवर्धन श्रेष्ठ, टेबलटेनिस खेलाडी इभाना थापा मगर र सिक्का सुवाल, सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जन, पिइएफकी अध्यक्ष सिता भट्टराईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
एकदिने प्रतियोगितामा विभिन्न १० विद्यालयका ४० खेलाडीले २ स्पर्धामा प्रतिस्पर्धा गरेको सेन्ट लरेन्सका टेबलटेनिस प्रशिक्षक नवीनबहादुर सिंहले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।