तीन मुक्तक : प्रमोद नेपाल

तीन मुक्तक : प्रमोद नेपाल
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ८।

रिसले बिगार्दछ आफ्नै मति
क्रोधले असर गर्छ कामकोे गति
अबुझहरुको सोचलाई सपार्नु कसरी
समझदारीले जोगाउँदछ हुने खति ।
अरुले गरेको कर्म नबुझ्ने
अरुले गरेको धर्म नबुझ्ने
कलीयुग पुरै लागेछ केहीलाई
अरुको रत्तिभर मर्म नबुझ्ने ।

दुख्दैछ घाउ खुल्दैछ आँखा अहिले रात भर
बुझ्दैनन् पिडा गर्दैछन् कोही जहिले बात भर
जीवन हो सहनु पर्दाेरैछ जे परेनि आफैले
थालको सट्टा मिल्ने गर्दछ कहिले पात भर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।