१८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबलमा न्युटन र भ्याली पब्लिकको जित

१८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबलमा  न्युटन र भ्याली पब्लिकको जित

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ६।

न्युटन र भ्याली पब्लिकले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।
न्युटनले ज्ञान संस्कारलाई ३५–२२ ले पराजित ग¥यो । न्युटनको जितमा दिवस मगरले १० अंक योगदान गरे । अशोक विकको १३ अंक सहयोगमा भ्याली पब्लिकले नव ज्ञानभूमिलाई ३४–२० ले हरायो ।
जुनियर ब्वाइजमै एन्जल्स हार्टले स्किब्सलाई २४–१८, लालीगुराँस नेसनल एकेडेमीले स्वर्णदीपलाई २३–११ र ग्रिनफिल्डले आयोजक ग्रिनल्यान्डलाई २०–१४ ले पाखा लगाए । एन्जल्स हार्टका अनिश घलेले १०, लालीगुराँसका सर्गम गुरुङले १४ र ग्रिनफिल्डका विराज भण्डारीले ८ स्कोर गरे ।
सिनियर ब्वाइजमा डीबीएले दोहोरो जित आत्मासात् गर्यो  । डीबीएले पारामाउन्टलाई ४४–३३ तथा न्युटनलाई २७–२६ ले पन्छायो । डीबीएका लागि पारमाउन्ट विरुद्ध नमन काफ्लेले १३ तथा न्युटन विरुद्ध अनिश केसीले ८ अंक बटुले ।
सिनियर ब्वाइजमै हिमालयनले केभीकेएसएसलाई ७०–५६ तथा गोल्डेनपिकले जिनियस वल्र्डलाई ८३–५१ ले पराजित गरे । हिमालयनका मिङमा तामाङले २९ तथा गोल्डेनपिकका विजय तामाङले ३९ स्कोर गरे ।
सिनियर गर्ल्समा  फेरिल्यान्डले केभीकेएसएसलाई १९–९ तथा ग्रिनल्यान्डले सत्य साइलाई ३५–१७ ले हराए । फेरिल्यान्डकी कृतिका कट्वालले ९ तथा ग्रिनल्यान्डकी विहानी राईले २२ अंक जोडे ।

तपाइँको प्रतिक्रिया ।