मुक्तक : विश्वजित गुप्ता ‘विशाले’ (कविता )

मुक्तक : विश्वजित गुप्ता ‘विशाले’ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन २७।

कहिले प्रकृतिको ओठ मुस्कुराउँछ ।
कहिले यो सुखकर खोला बगाउँछ ।
सम्पूर्ण सजीवको जीवनद भएपनि,
कहिले कहीँ धन क्षतिमा सघाउँछ ।

दिनभन्दा हिजोआज रात रमाइलो ।
सत्यभन्दा तिम्रै झुठो बात रमाइलो ।
भविष्यत्कालको अनुमानले बताउँछ,
प्रेम र दोस्तीभन्दा त घात रमाइलो ।

प्रिया, तिम्रो भएजति कर्जा मै भर्छु ल ।
मिसकल पाउँदा तिम्रो फोन नै गर्छु ल ।
बाध्यता स्थान छाड्ने आइहाल्यो भने,
जहाँ जहिले गएपनि तिमीसँगै सर्छु ल ।

तिमीजस्तो मिल्ने साथी अरू को हुन्छ ?
तिमी मेरो साथ भए मलाई कोले छुन्छ ?
मलाई पूरा विश्वास छ हाम्रो यो मितेरीमा,
हामीसँग निहुँ खोज्ने, शत्रु आफैँ रुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।