नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) को संयोजकमा गोबिन्द कटवाल र सचिवमा कमल पुर्कुटी

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) को संयोजकमा गोबिन्द कटवाल र सचिवमा कमल पुर्कुटी

कपन अनलाइन

काठमाण्डौ ,साउन २४  ।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ )  को संयोजकमा गोबिन्द कटवाल  र सचिवमा कमल पुर्कुटी  चयन भएका छन ।

लाई साउन २२ गते जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा बसेको बैठकले कटवाल  संयोजक र सचिवमा पुर्कुटीलाई  चयन गरेको हो।

कटवाल यस अघि काठमाण्डौ क्षेत्र नं ४ ( २ ) को सचिव रहेका थिए भने सचिव पुर्कुटीले पनि नेकपा एमालेका विभिन्न कमिटीहरुमा रहेर योगदान पुर्याएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १,२,८,९,१०,११,१२ र १३ रहेको काठमाण्डौ क्षेत्र नं ४ (२)  को संयोजक बनेका कटवालले वडा नं ९ शाखा कमिटी अध्यक्ष सहित ,मदन भण्डारी फाउन्डेसनमा पनि महत्वपूर्ण जिम्मेवारी बहन गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।