नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को संयोजकमा राजन पोखरेल र सचिवमा सरस्वति कार्की

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को संयोजकमा राजन पोखरेल र सचिवमा सरस्वति कार्की

कपन अनलाइन

काठमाण्डौ ,साउन २३ ।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को संयोजकमा राजन पोखरेल र सचिवमा सरस्वति कार्की चयन भएका छन ।

साउन २२ गते जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा बसेको बैठकले पोखरेललाई संयोजक र सचिवमा कार्कीलाई चयन गरेको हो।

काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको नेतृत्व गर्ने अवसर पाएका पोखरेल यस अघि काठमाण्डौ क्षेत्र नं ४ (२ ) को संयोजक रहेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ को सचिवमा चयन भएकी कार्कीले  पनि काठमाण्डौ महानगरपालिका वडा नं ७, क्षेत्र नं ४ र जिल्ला कमिटीमा रहेर लामो समय काम गरेकी छन भने अखिल नेपाल महिला संघको विभिन्न जिम्मेवारी बहन गरेकी छन।

 

तपाइँको प्रतिक्रिया ।