कुसुम कुमार कार्कीले पार्टी परित्याग गरे, अबको बाटो कुन ?

कुसुम कुमार कार्कीले पार्टी परित्याग गरे, अबको बाटो कुन ?

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

नेकपा एकीकृत समाजवादी काठमाण्डौका प्रभावशाली नेता कुसुम कुमार कार्कीले पार्टी परित्याग गरेका छन।

नेकपा एसका पुर्व केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका पुर्व अध्यक्ष समेत रहिसकेका नेता कार्कीले साउन २१ गते देखि पार्टी परित्याग गरेको कपन अनलाइनलाई बताएका छन।

२०७४ सालको निर्वाचनमा  काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित बनेका कार्की २०६९ र २०५४ सालमा पनि साविक महांकाल गाविसमा क्रमस उपाध्यक्ष र अध्यक्षमा निर्वाचित भएका थिए।

पार्टी परित्याग पछि अबको बाटो कुन ? भन्ने कपन अनलाइनको प्रश्नमा कार्कीले अब नागरिकका एजेण्डा र आगामी कार्यभारमा काम गर्ने बताउदै यस बारेमा चाडैं नै विस्तृत योजना सार्वजनिक गर्ने जानकारी दिएका छन।

लामो समय नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेका कार्कीले पार्टी विभाजन संगै नेकपा एकीकृत समाजवादी रोजेका थिए। कार्की  नेपाल ह्युम पाइप एसोसियसनका पुर्व अध्यक्ष र हिमनदी पर्यटन सहकारीको अध्यक्ष समेत हुन् ।

तपाइँको प्रतिक्रिया ।