मेरो देश : पूजा शाही (कविता )

मेरो देश : पूजा शाही (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन २१ ।

हेर्दा कति सुन्दर शान्त देखिने मेरो देश
यहाँको कानुन जनताद्वारा नै लेखिने मेरो देश ।
आफ्नै भाषा र संस्कृति भएको मेरो देश
वीर पुर्खाले अन्याय, अत्याचार नसहेको मेरो देश ।।

हिमाल खोला झरनामा धनी मेरो देश
अघि बढ्छ सधैँ सत्य बनी मेरो देश ।
सीता, बुद्ध, भृकुटीलाई जन्माउने मेरो देश
विरताको गीत पनि गाउने मेरो देश ।।

विविधतामा एकता भएको मेरो देश
राम्रो काममा सधैँ अघि गएको मेरो देश ।
उच्च शिखर यहीँ छ भनी हाँस्छ मेरो देश
डाँफे, मुनाल गीत गाउँछन् नाच्छ मेरो देश ।।

सबैसँग मित्रता बढाउन खोज्ने मेरो देश
सधैँ न्यायको बाटो मात्र रोज्ने मेरो देश ।
सफलताको अवसर सबैलाई जुडाउने छ मेरो देश
विश्वमा विजयको ध्वजा उडाउने छ मेरो देश ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।