काठमाण्डौ -६ बौद्ध महाङ्कालमा भगवान र गुरु पद्मसम्भवको प्रतिमा प्राण प्रतिष्ठा( ह्राप्ने साधना)पुजा हुने

काठमाण्डौ -६ बौद्ध महाङ्कालमा भगवान र गुरु पद्मसम्भवको प्रतिमा प्राण प्रतिष्ठा( ह्राप्ने साधना)पुजा हुने

कपन अनलाइन
काठमाडौं, साउन ४।

नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको श्री बौद्धनाथ क्षेत्र विकास समिति द्धारा काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्धमा निर्मित महाङ्काल भगवान , गुरु पद्मसम्भवको प्रतिमा प्रतिष्ठापन पूजा गरिने भएको छ ।

यही साउन ५, ६, ८ र ९ गते महाङ्काल भगवानको प्रतिमा प्रतिष्ठापन साधना पूजा गरिने श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिएका छन  । अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा साउन २ गते बसेको बैठकमा छलफल भई यस कार्यक्रम सम्बन्धी निर्णय भएको अध्यक्ष लामाले जानकारी दिए  ।

बैठकले उक्त पूजा सम्पन्न गर्नका लागि विकास समितिका पदाधिकारी, सदस्य र विभिन्न सरोकारवाला निकाय संघ–संस्थाहरु रहेनेगरि सहारोह समिति गठन गरि विभिन्न जिम्मेवारी समेत विभाजन गरेको छ । पूजा कार्यक्रममा जिम्मेवारी सहित उपस्थित हुन समेत सो बैठकले सबैलाई आमन्त्रण गरेको छ । निर्धारित कार्यक्रमअनुसार साउन ५ गते शनिबार बिहान १० बजे श्रद्धेय गुरु नाम्खा रेन्पोचेबाट साधना राप्ने पूजा गर्दै बौद्ध महाङ्काल मूर्ति प्रतिष्ठापन पूजा सुरु हुने छ ।

त्यसैगरी, ६ गते आइतबार बिहान ९ बजे गुरु लोप्साङ नाम्गेल रेन्पोचेबाट श्रद्धेय गुरु पद्मसम्भव मूर्तिको साधना राप्ने पूजा हुने छ । यस्तै, ८ र ९ गते हिन्दू धर्म ,बौद्ध धर्म र बज्रचार्य गुरुहरुबाट परम्परा अनुसार गुरुहरुबाट महाङ्काल मूर्तिको प्राणप्रतिष्ठापन साधना पूजा हुने अध्यक्ष लामाले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।