अस्तित्व : तिलक पोखरेल (कविता )

अस्तित्व : तिलक पोखरेल (कविता )

कपन अनलाइन

काठमाण्डौ,असार २९ ।

घाटका दुई कुनामा
जलिरहेका थिए
दुई थरीका लासहरू

एउटा गरिबको
अर्को धनीको
अन्त्यको केन्द्रमा
दुवै फुस्रो खरानी भए

नदीको दलदलमा
संवाद गर्दै थिए
पौडँदै र सुनाउँदै थिए
एकअर्काले एकजुनीको प्रतिबन्ध फुकाउँदै
मनभरिका जीवनीहरू
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।